ललिता निवास जग्गा प्रकरणका आरोपीविरुद्ध राजस्व छली मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले आनसान इन्टरनेशनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ तथा उक्त फर्मको लेखापरीक्षण गर्ने राजेश्वर एण्ड कम्पनीका सञ्चालक राजेश्वर श्रेष्ठविरुद्ध उच्च अदालत पाटन, ललितपुरमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको छ । शोभकान्त …

प्रविधिको आडमा अपराध: साढे ५ महिनामा ४६ जनाविरूद्ध साइबर अपराध मुद्दा

काठमाडौँ ।भावना मिल्यो, विचार मिल्यो । एउटै घरमा बसोबास हुँदा एकअर्काको सुखदुःख पनि बाँडे । घरधनी र डेरावालाको सम्बन्ध दिदीभाइमा परिणत भयो । कीर्तिपुरकी बबिता (नाम परिवर्तन) ले डेरावाल मकवानपुर हेटौंडाका २६ वर्षीय निर्दोष ठकुरीलाई तिहारमा भाइटीकासमेत लगाइन् ।  एकदिन बबिताको फेसबुक ह्याक …

पूर्वी चितवनको चार मन्दिरमा चोरी

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो । पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण …

लागुऔषध सहित चार युवा पक्राउ

महोत्तरी ।प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–४ बस्ने १७ वर्षीय विरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका–७ बस्ने …

ललिता निवास किर्तेमा ‘डेढ सय कर्मचारी’

अख्तियारले मुद्दा दायर गरेका १७५ बाहेक १६३ जना पनि मुछिएको सीआईबीको खुलासा काठमाडौँ ।बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्नमध्ये कर्मचारी मात्रै करिब डेढ सय जना रहेको खुलेको छ । तीमध्ये अधिकांश अवकाश पाइसकेका कर्मचारी हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो …

जघन्य अपराध घट्यो, बैंकिङ कसुर र चोरी बढ्यो

काठमाडौं । पछिल्ला पाँच महिनामा जघन्य प्रकारका अपराधमा कमी आएको नेपाल प्रहरीको एक तथ्यांकले देखाएको छ । बैंकिङ कसुर र चोरीका घटनामा उल्लेख्य वृद्धि हुँदा जघन्य प्रकृतिका अपराधमा भने कमी आएको प्रहरी तथ्यांकले देखाएको हो । प्रहरी प्रधान कार्यालयले तयार …

प्रहरी वरिष्ठ उपरीक्षक यादव झुण्डिएको अवस्थामा फेला

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला पर्नुभएको  छ ।  उहाँ भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो ।  रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । उहाँले …

ललिता निवास जग्गा प्रकरणका ‘योजनाकार’ पक्राउ

आठ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरिएकामा मुख्य योजनाकार भनिएका रामकुमार सुवेदी र उनकी पत्नी समातिएका हुन् काठमाडौँ ।बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान टुंग्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपित पक्राउ गर्न थालेको छ । ठगीको कसुरमा जाहेरी …

ललिता निवास प्रकरणमा मुछिएका एक दम्पती पक्राउ

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउपर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी रहेका छन् । माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको …

छुरा प्रहार गरी हत्या गरेर फरार पाँच पक्राउ

सिरहा ।छिमेकीलाई छुरा प्रहार गरी हत्या गरेर फरार रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिका– ६ का पाँच जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।  सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया निवासी २६ वर्षीय रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गरेको र २६ …