घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै

काठमाडौं  । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन …

शालिनदीमा स्वस्थानी व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

काठमाडौँ। माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालि नदीमा लाग्ने धार्मिक मेलाको व्रतमा सहभागी हुने भक्तजनलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य …

धार्मिक पर्यटन बढाउन २५ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण

कन्चनपुर । धार्मिक पर्यटनलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा २५ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पशुपति सेवा समाज समितिको पहलमा मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो । दाताको सहयोगमा …

आज गीता जयन्ती विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ ।     वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध …

पशुपतिनाथको कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष प्रदर्शन

काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको भगवान्को कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष, शङ्खलगायत पुरातात्विक महत्वका सामग्री पशुपति क्षेत्रमा सर्वसाधारणका लागि देखाइएको छ ।भण्डारमा रहने यी सामग्री प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन एक दिनमात्र हेर्न इच्छुक सर्वसाधारणलाई देखाइन्छ ।  अनादिकालदेखिका यी …

बालाचतुर्दशीमा पशुपतिको विकल्प ‘डोलेश्वर’

भक्तपुर। बालाचतुर्दशी पर्वका दिन आज बिहानै भक्तपुरको डोलेश्वर महादेव मन्दिरबाट ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरसम्म शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्र्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन …

देवघाटमा शतबीज छर्नेको भीड

चितवन। बालाचर्तुदशी पर्वका अवसरमा देवघाटधाममा शतबीज छर्ने भक्तजनको भीड रहेको छ । कोरोना त्रासका कारण अघिल्ला दुई वर्ष न्यून सङ्ख्यामा मानिस आएको भए पनि यस वर्ष ठूलो भीड लागेको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार …

बृहत् लुम्बिनी गुरुयोजनाका बाँकी काम तत्काल अघि बढाऔँ : पूर्वअर्थमन्त्री पौडेल

रुपन्देही। नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बृहत् लुम्बिनी गुरुयोजनाको कार्यान्वयनले देशको समृद्धि र अर्थतन्त्रमा योगदान दिनसक्ने भन्दै यसका बाँकी काम तीव्ररूपमा अघि बढाउन नेपाल सरकार र सरोकार रहेका व्यक्तिहरूको ध्यानाकर्षण गराउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ स्थापना …

दिवङ्गत पितृको नाममा दीप प्रज्वलन गर्न भक्तजनको ओइरो

झापा। पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आज बिहानैदेखि भक्तजनको ओइरो लाग्न थालेको छ । बाला चतुर्दशीको अवसर पारेर मन्दिरमा लगाइएको ३९औँ महापुराण सफल पार्न र आफ्ना दिवङ्गत पितृको नाममा दीप प्रज्वलन गर्न भक्तजनको ओइरो लाग्न थालेको हो । …

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी

काठमाडौं । यस वर्ष पशुपति क्षेत्रमा बाला चतुर्दशीको मेला लाग्ने भएको छ । गत वर्ष कोरोना जोखिम तीव्र रहेकाले पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी मेला औपचारिकरुपमा स्थगित गरेको थियो । यस वर्ष भने कोरोना जोखिम न्यून भएकाले स्वास्थ्य सुरक्षाका …