सहर सहरमा मनाइयो घण्टाकर्ण अर्थात् गठामङ्गल

काठमाडौँ। प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व साँस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाएका हुन् । राजधानीको भित्री …

पशुपति क्षेत्रलाई स्वच्छ राख्न डष्टविन हस्तान्तरण

काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सफा, स्वच्छ र हराभरा राख्न साहना प्रधान स्मृति प्रतिष्ठान र कालीदल गणले पशुपति क्षेत्र विकास कोषलाई १०० वटा डष्टविन हस्तान्तरण गरेको छ । कोषको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानको अध्यक्षसमेत रहनुभएकी सांसद रामकुमारी …

इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी

काठमाडौँ। नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी भएका छन् । लिच्छविकालीन मन्दिरमा आज बिहान पूजारी श्रीमद् राजोपाध्याय पूजा गर्न जाँदा राधाका दुई र कृष्णका दुई गरी चार मूर्ति नपाइएपछि चोरी भएको थाहा पाइएको वडाध्यक्ष प्रेमलाल श्रेष्ठले …

पनौतीमा बाह्रवर्षे ‘मकर मेला’ को तयारी

काभ्रेपलाञ्चोक। पाँच महिनापछि ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा एक महिना मकर मेला लाग्छ । हरेक बाह्र वर्षमा हुने ‘मकर मेला’को तयारीस्वरुप धमाधम भौतिक पूर्वाधारका काम भइरहेका छन् भने सँगसँगै प्रवद्र्धनका कार्यक्रम थालिएको छ । नगरपालिकाले वर्ष दिनअघिदेखि नै मेलाको …

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

राजविराज । मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेका चाँदीको मुकुट (मस्तक) चोरी गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी मुकुट चोरी गरेको आरोपमा पक्राउ परेका सप्तरीको विष्णुपुर गाउँपालिका–५ …

कोरोनाको बाबजुत शिवालयमा चहलपहल बढ्दो

महोत्तरी । साउने सोमबारका दिन मिथिला क्षेत्रका शिवालय परिसर भरिभराउ र सजिसजाउ छन् । जता फर्केर हेर्दा पनि राता, पहेंला वस्त्रले सजिएर शिव दर्शनका लागि ‘बोलबम’को नारा लगाउँदै हिँडेका भक्तजनको भीडले शिवालय परिसर रमणीय देखिन्छ । जिल्लाको टुटेश्वर वनक्षेत्र पनि …

हीरण्यवर्ण महाविहारभित्रका धार्मिक छाना जीर्णाेद्धार गरिने

पाटन । पाटन दरबार परिसरबाट उत्तर दिशामा अवस्थित हीरण्यवर्ण महाविहारभित्रका धार्मिक छाना जीर्णाेद्धार गरिने भएका छन् । विसं २०७२ को विनाशकारी भूकम्पले विहारभित्रका केही छानाका साथै त्यसको माथिल्लो भागसमेत चर्काएर जीर्ण बनाएकाले सो नयाँ बनाइन लागिएको हो । शाक्यमुनि बुद्धको …

चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो

सप्तरी। छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति करिब ७ः०० बजे सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी …

पाटनको प्राचीन अग्निशालामा तामाको छानो हालियो

ललितपुर महानगरपालिका–१९ ठगुटोलमा अवस्थित प्राचीन अग्निशालामा तामाको छानो हालिएको छ । पाँच हजार वर्ष पुरानो सो अग्निशालामा विसं १९९० को भूकम्पले छानो भत्काएपछि बेलायत सरकारबाट सहयोग प्राप्त जस्ताको छानो फेरिएको थियो । विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न जस्ताको छानोले मान्यता …

तीन सय वर्ष पुरानो गुरुकुलमा दैनिक हुन्छ रुद्राभिषेक पूजा

जलेश्वर । महोत्तरी जिल्लाको ३०३ वर्ष पुरानो गुरुकुल परम्पराको विद्यालयमा दैनिक रुद्राभिषेक पूजा हुने गर्दछ । नेपालको गुरुकुल परम्परा धानिरहेको यस विद्यालयको आर्थिक अवस्था राम्रो नभए पनि बटुक र विद्यालय परिवारले अनुदान मागेरै भए पनि दैनिक रुद्राभिषेक पूजालाई भने निरन्तरता …