आँधीका कारण अमेरिकाका ६ लाख घरमा विद्युत सेवा अवरुद्ध

न्युयोर्क। अमेरिकाका छ लाख भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको हो । आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले …

धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना सार्वजनिक

एजेन्सी। अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गर्नुभएको छ । अमेरिकी सिनेटका वित्त समितिको नेतृत्वमा रहेका सिनेटर रोन वाइडेनका …

बहराइनमा ३ बर्षदेखि ११ बर्षका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउने अनुमति

एजेन्सी। बहराइनमा ३ बर्षदेखि ११ बर्षसमूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ । बहराइनका स्वास्थ्य अधिकारीहरूले देशभरका सो उमेर समूहका बालबालिकाहरुलाई खोप लगाउनु उपयुक्त हुने निश्कर्ष निकालेका हुन् । बालबालिकाहरुलाई खोप लगाउने बारेमा मङ्लबार निर्णय भएको र बुधबारदेखि …

ताइवानमा शक्तिशाली भूकम्प

एजेन्सी। उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । त्यहाँका बासिन्दाहरुले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् । तर व्यापक क्षतिको हालसम्म समाचार प्राप्त नभएको जनाइएको छ । ताइवानको केन्द्रीय मौसम ब्यूरोकाअनुसार यस भूकम्पको मापन ६।५ म्याग्नीच्युट रहेको …

बङ्गलादेशको रोहिंग्या शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु

एजेन्सी। बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य २० जना घाइते भएका छन् । प्रहरी र चिकित्सकले दिएको जानकारीअनुसार आक्रमणले त्यस क्षेत्रमा तनाव बढाएको छ । उक्त घटनमा उक्त समुदायका …

नाइजेरियामा विद्यालयबाट ३० जना बालबालिका अपहरण

सिन्ह्वा। नाइजेरियामा कम्तीमा पनि ३० जना बालबालिका अपहरणमा परेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र केबीको एक विद्यालयबाट ती बालबालिका अपहरणमा परेका हुन् ।यहाँको विद्यालयबाट बिहीबार ती बालबालिकालाई अपहरण गरेर लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो विद्यालयबाट यसअघि पनि …

कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट

एजेन्सी। जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार- देश सङ्क्रमित सङ्ख्या अमेरिका ४५,३०१,०९२ भारत ३४, १४३,२३६ ब्राजिल २१,६९७,३४१ बेलायत ८,६८१,७९५ रूस ८,०४१,५८१ टर्की ७,७७२,५७४ फ्रान्स ७,२०९,२०९ ईरान ५,८३३,५२५ अर्जेन्टिना …

सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा नेपालका सांसद थापा निर्वाचित

काठमाडौँ । कांग्रेस सांसद गगनकुमार थापा अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा निर्वाचित भएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रकोष सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको वोर्ड सदस्यमा उनी सन् २०२१ देखि २०२३ का लागि विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा नेपालको तर्फबाट …

अफगानिस्तानका छात्रा चाँडै विद्यालय जान पाउने तालिबानको दाबी

एजेन्सी। अफगानिस्तानको सत्ता सञ्चालन गरिरहेको तालिबान समूहले छात्रालाई चाँडै विद्यालय फर्काउने व्यवस्था गर्न लागिएको दाबी गरेको छ । छात्रालाई विद्यालय जान प्रतिबन्ध लगाएको भन्दै संसारभरबाट विरोध र आलोचना भएपछि तालिबान समूह यस्तो दाबी गरेको हो । वर्तमान विश्वमा विद्यालय जान …

म्यानमारका १३ सय कैदीलाई रिहा गर्न आदेश

एजेन्सी। म्यानमारको कारागारमा रहेका १३ सयभन्दा बढी कैदीहरूलाई रिहा गर्न सोमबार आदेश दिइएको छ । देशको राज्य प्रशासन परिषद्ले सोमबार एक हजार ३१६ जना कैदीलाई कैदमुक्त गर्न आदेश दिएको समाचारमा जनाइएको छ । मानव अधिकार र उनीहरूलाई लगाइएको आरोप तथा …