तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । सर्जकलाई सम्मान, गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नाराका साथ क्वालिटी इन्टरटेनमेन्ट अवार्डको तेश्रो संस्करण मलेसियामा सम्पन्न भएको छ ।

क्वालिटी फिल्म प्रा.लिको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास क्वालालम्पुरका महामहिम राजदुत डिल्लीराज पौडेलद्वारा क्वालिटी इनटरटेन्मेन्ट अवार्ड वितरण गरिएको थियो ।

मलेसियाको क्वालालम्पुर स्थित वुकित पिन्ताङमा रहेको डि, काष्ठमाण्डप रेष्टुरेन्टमा सम्पन्न भएको अवार्ड कार्यक्रममा मलेसियामा रहेका समाजसेवी व्यावसायिक पत्रकार र कलाकार हरुलाइ सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

मलेसियालाई कर्मथलो बनाएर बस्दै आउनुभएको झापाका पुर्ण बहादुर सुब्बालाई क्वालिटी फिल्मि प्रा.लिद्वारा मलेसियाको राजधानी क्वालालम्पुरले अन्तर्राष्ट्रिय उद्यमी तथा सामाजिक कार्यकर्ता अवार्ड २०२३ सम्मानित भएका छन् ।

उनलाई एक दक्ष सामाजिक कार्यकर्ताको रूपमा मलेसियामा लोकप्रिय हुनुहुन्छ। मलेसियाको स्वादमा नेपाली मौलिक पहिरन र अन्तर्राष्ट्रिय ब्राण्डका कपडाको व्यापार लामो समयदेखि गर्दै आएको छ। हालै मलेसियाको राजधानी काला जामपुरमा साइना फेन्सी सञ्चालन गर्दै आएको छ। यहाँका विभिन्न संघसंस्थामा आवद्ध भई व्यवसायका साथसाथै उनी सामाजिक कार्यमा पनि सक्रिय छन् ।

मलेसियामा दुर्घटनामा परी बिरामी परेका नेपालीलाई अस्पताल पुर्‍याउने र उपचार गराउने, आर्थिक सहयोग जुटाएर नेपाल पठाउने काममा पनि उत्तिकै योगदान रहेको छ। उनी हाल गुड नेबर सर्भिस सोसाइटी मलेसियाको अध्यक्ष, आईएनएसका उपाध्यक्ष र पीएनसीसीको मलेसिया प्रतिनिधिको रूपमा सेवा गरिरहेका उनलाई यो क्वालिटी फिल्मिले यो योगदानको धेरै कदर गर्दछ गर्ने बताउदै सम्मान गरेका हुन् ।

त्यस्तै क्वालिटी अवार्ड समारोहका संयोजक तथा पत्रकार इश्वर राई, डि काष्ठमाण्डप रेष्टुरेन्ट होटल व्यावसायी सुशील गिरि, निलेश जयाईसावाल, र खेम धामी, समेतलाई क्वालिटी फिल्लि प्रालिले सम्मान गरेको हो ।

त्यसैगरी प्रमुख अतिथि रहनु भएको नेपाली राजदुतावासका महामहिम राजदूत डिल्लीराज पौडेललाई मायाको चिनोद्वारा स्वागत गरिएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …