तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछाने तिन दिने भ्रमणको लागि मलेसिया आउने भएका छन् ।

लामिछाने पार्टीको प्रदेश विभाग मलेसिया संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम साथै संगठन विस्तारका लागि डिसेम्बर ३ तारिख आइतबारका दिन मलेसिया आउन लगेका हुन् ।

उक्त भ्रमणको क्रममा डिसेम्बर ३ तारिख आइतबारका दिन पार्टी प्रदेश विभागका साथहरु संग राजनीतिक भेटघाट तथा अन्तरक्रिया संगै राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश विभाग संगठन विस्तार गर्ने कार्यक्रम रहेको छ। भने डिसेम्बर ४, तारिख मलेसियामा रहेका क्रियाशील संघसंस्था र विभिन्न पार्टीका प्रतिनिधि समाजसेवी बुद्धिजीवी व्यावसायिकहरु संग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तिन दिने मलेसियाको भ्रमण लगत्तै डिसेम्बर ५, तारिख मंगलबार नै स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी विभाग मलेसियाले पार्टी सभापति मलेसिया आउने भए पछि विभिन्न व्यक्ति हरुको सम्पर्क नम्बर राखेका छन् ।

जसमा क्वालालम्पुरका एरियाका लागि सम्पर्क नम्बर मिलन ठकुरी = 0 11-2747 9479 पुर्ण लिम्बू = 018-3507730 कुल बहादुर कोइराला = 011-2664 6505 पदम राज लिम्बू = 011-64688492 राज लामा = 011-23896134 रहेका छन् ।

त्यसैगरी जोहोरबारु एरियाका लागि सम्पर्क नम्बर तिलक चन्द = 011-4008 0631 कपिल बोहरा = 014-6137524 रहेका छन् ।

त्मयस्तै लक्काको लागि सम्पर्क नम्बर उमेश कुमार महतो = 011-36172926 पेनाङ शिव खड्का = 011-35310023 नेत्र प्रातप सेन = 011-64559417 रहेको छ ।

त्यसैगरी मलेसियाको इपो पेराक एरियाको लागि खगेन्द्र थापा = 013-6628302 केलाङ & पोर्ट्केलाङ उमेश प्रसाईं = 016-3170671 बाबुराम अर्याल = 013-7905894 लगायत सम्पर्क गरेर कार्यक्रम उपस्थित हुन राष्ट्रिय स्वतन्त्र पार्टी विभाक मलेसियाले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …