तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । रोजगारीको सिलसिलामा मलेसिया आएका दुइ जना नेपाली श्रमिकलाई नेपाली राजदुतावासले उद्दार गरि स्वदेश फर्काएका छन् ।

उनीहरुको रोजगार कम्पनीमा आफ्नो अवधी सकिएर आज भन्दा दुई महिना पहिला स्वदेश फर्कन लागेका बाडाहारा २ सप्तरीका श्रवन कुमार खाड् र अर्का रुपन्देहीका नरसिंह यादवलाई मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएका थिए ।

उनीहरु मलेसिया देखि आफुले गर्दै गरेको रोजगार कम्पनीको अवधि पुरा गरेर स्वदेश फर्कन मलेसियास्थित केयलआईए अन्तर्राष्ट्रिय विमानस्थल पुगेका खाड् र यादवको मानसिक संतुलन गुमे पछि मलेसियाको विमानस्थलका अध्यागमनले एयरपोर्टबाट फर्काएका थिए ।

मानसिक संतुलन गुमेको उनीहरुलाई अध्यागमनले स्वदेश फर्कन नदिए पछि विमानस्थलमा अलपत्र परेका खाङ् र यादवलाई त्यहाँ रहेको नेपाली हरुको सहयोगमा उद्दार गरि स्वदेश फर्काईदिनुहुन भन्दै नेपाली दूतावास पुर्याएका थिए ।

नेपाली दूतावासमा आएका दुईजना नेपाली श्रमिकलाई मलेसियाको मानसिक संतुलन उपचार सुधार केन्द्रमा १ महिना बढी राखेर उपचार गराएर नोभेम्बर २४ तारिख शुक्रबार मलेसियाको समय अनुसार साझ १७:३५ मा हिमालयन एयरलाइन्समार्फत स्वदेश फर्काएको नेपाली दूतावासका सम्पर्क समितिका अधिकृत जयप्रकाश गिरिले बताउनु भयो ।

उनीहरुलाइ स्वदेश फर्किनलाई आवश्यक पर्ने सम्पुर्ण कानुनी कागजात, र हवाई टिकट कम्पनी र उनीहरुको परिवारसंग नेपाली राजदुतावासकै समन्वयमा स्वदेश फर्काइएको हो ।
यस्तै मलेसियामा विभिन्न समस्यामा परेर दूतावासमा आएका पीडित नेपाली श्रमिकहरुलाई नेपाली दूतावासले साथ सहयोग गर्दै आएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …