तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । रोजगारीको सिलसिलामा मलेसिया आएका मेचीनगर ६ झापाका गोपाल घिमिरे १६, बर्ष पछि मलेसियाबाट घर फर्केका छन् ।

घिमिरे लामो समय देखि परिवार संग सम्पर्क बिहिन भए पछि घरमा उनका आमाले छोरालाई घर फर्काउन खोजिगर्नका लागि विभिन्न निकाय र सामाजिक संजालमा आमाको चितकार सुने पछि गत अगस्ट २४ तारिख नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनी संग फोनमार्फत गोपा घिमिरेलाई खोजिगर्नका लागि अनुरोध गरे पछि। समितिका सभापति चोला कान्त पंगेनी नेपालीका लागि मलेसियामा रहेका नेपाली राजदुतावास गएर घिमिरेको खोजि गरेर नेपाल फर्काउनका लागि समन्वय गरेका थिए ।

उक्त समितिको समन्वय पश्चात् नेपाल एम्बेस्सीले गोपाल घिमिरेको खोजि गर्न र उनलाई देख्नु हुने र भेट्नुहुने नेपाली दाजुभाइहरुलाइ नेपाल एम्बेस्सीमा सम्पर्क गरिदिनु हुनु नेपाली राजदुतावासले हार्दिक आवान गरे लगात्यै गोपाल सम्पर्कमा आएका थिए ।

उनी सम्पर्कमा आउन साथ नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा, नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोला कान्त पंगेनी, र उनको आमा सामाजिक संजालको म्यासेन्जरमा भिडियो कलमा कुरा भएको थियो ।

उक्त भिडियो कलमा गोपाल घिमिरेले यो दशैमा आमालाई भेट्न दशै मान्दै घर फर्कने बाचा गरेको भएता पनि उनको विभिन्न कारणले उ घर फर्कन सकेको थिएन ।

उनलाई फर्काउन नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोला कान्त पंगेनीले नेपाली राजदुतावास संग समन्वय गरी उनलाई नेपाल फर्काउन चाईने डकुमेन्ट बनाएर आज उनलाई नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोला कान्त पंगेनीको विशेष पहलमा गोपाल घिमिरेलाई घर फर्काएका हुन् ।

घिमिरेलाई उनको आमालाइ दशै मान्ने गरि हामी छोरोलाई फर्काई दिन्छौं भन्नेको भए पनि उ आफु आएको वैदेशिक रोजगार कम्पनी भन्दा बाहिर अवैधानिक रुपमा काम गर्दै आएको हुनाले उनलाई बेलामा घर फर्काउन नसकिएको समितिका सभापति चोला कान्त पंगेनीले बताउनु भयो ।

त्यस्तै उनलाई घर फर्काउनका लागि कम्पनी देखि बाहिर अवैधानिक रुपमा काम गर्दै आएको भएकोले यहाँको नियम अनुसार कम्पनी छोडेर इल्लिगल अवैधानिक कामदार हरुले यहाँको अध्यागमनलाई फाईन तिर्नुपर्ने भएकोले र उनलाई नेपाल फर्कने पिलेन टिकट र अध्यागमन इम्रिकेसनमा तिर्ने पैसा समितिका सभापति चोला कान्त पंगेनीले आफ्नो व्यक्तिगत १४८० रिंगेट र नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले ८९२ रिंगेट दिएका छन्। भने अरु बाकी केही पैसा आफै संग थिए। उनलाई घर फर्कन लाग्ने सबै डकुमेन्टहरु नेपाली राजदुतावासले फिरिमा उपलब्ध गराएको छ ।

घिमिरे मलेसिया देखि हिमालयन एयरलाइन्सबाट आज नोभेम्बर २४ तारिख मलेसियाको समय अनुसार बिहान ३:४५ मा नेपाल फर्केकीएको जनसम्पर्क समिति मलेसियाका सभापति पंगेनीले जानकारी गराउदै। उनले गोपाल घिमिरेलाई घर फर्काउन सहजीकरण गरिदिनु हुने नेपाली जनसम्पर्क समितिमलेसियाका महामन्त्री हरि कोइराला, नेपाली नेपाली राजदुतावासका डिसिएम मोती बहादुर श्रीष, नेपाली दूतावास सम्पर्क समितिका अधिकृत जय गिरी लगायत सहयोगी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

त्यस्तै गोपाल घिमिरे नेपाल फर्केकीने भएपछि नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेपाली जनसम्पर्क समितिका सभापति चोला कान्त पंगेनी र नेपाल एम्बेस्सी राजदूतावासलाइ हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …