तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । वैदेशिक रोजगारीकि सिलसिलामा मलेसिया आएका काभ्रे तिमाल गाउँपालिका ८, का छोइकु तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश विभाग मलेसियाको पहलमा उद्दार गरेर आज स्वदेश फर्काएका छन् ।

तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी विभागका उपसभापति मिलन ठकुरीले गत शनिबार उद्दार गरेर नेपाल फर्काउन मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थल केआइएलएमा लगेको भए पनि उनको केही डकुमेन्ट नपुगेको कारण पुन्न एयरपोर्टदेखि फर्काएर एनआरएनएको सेल्टर हाउसमा राखि आज उनलाई ठकुरीले मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थल लगेर त्यहाँको अध्यागमन संग कुरागरि हिमालयन एयरलाइन्सको जहाज बाट मलेसियाको समय अनुसार बिहान ३:४५ मा स्वदेश फर्काएको उपसभापति मिलन ठकुरीले जानकारी गराएको छन् ।


तामाङ रोजगारदाता कम्पनीमा मलेसिया आएको भए पनि केही समय पश्चात् आफ्नो रोजगार कम्पनीमा कुनै पनि जानकारी नगराई कम्पनी छोडेर अवैधानिक रुपमा मलेसियाको सुवाङजयमा काम गर्दै आएका तामाङ अचनाक बिरामी भए पछि उनले सामाजिक संजालमा आफु बिरामी भएको जनाउदै उद्दार गरि नेपाल फर्काउन अपिल गरेका थिए ।

उनले गरेको अपिल पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवास विभाग मलेसियाका उपाध्यक्ष मिलन ठाकुरी सोही ठाउमा पुगेर केही आर्थिक सहयोग गरेको केही समय पश्चात तामाङ् रोडमा बेवारिसे भएको अवस्थामा ठकुरिले भेटे पछि मलेसियाको कोत्रया लिएर नेपाली राजदुतावास लगेर उनलाई नेपाल फर्कन लाग्ने डकुमेन्ट सबै बनाएर र नेपाली राजदुतावासको पत्र अनुसार गैर आवासीय नेपाली संघ एनआरएनएले स्थापना गरेको सेल्टर हावसमा ल्यार राखिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश विभागका उपसभापति मिलन ठकुरीले जानकारी गराए अनुसार छोईकु तामाङले उद्दार गर्नकालागि सामाजिक संजालबाट आफुले खबर पाए पछि आज भन्दा १५ दिन देखि फलो गरिरहेको थिए पहिलो चरणमा आँफै गएर केही आर्थिक सहयोग पनि गरेको र पछिल्लो समय सम्पर्क बिहिन भएकोले उहालाई नेपाल फर्काउन केही ढिलो भएको बताए ।

उनले तामाङलाई पुन्न रुपमा भेटेपछि उनको अवस्था अतिनै कम्जोर देखेपछि उ नेपाल जानुपर्छ उ यहाँ मर्नु भन्दा नेपाल फर्काउनु पर्छ भन्ने हेतुले उनलाई एनआरएनएको सेल्टर हासमा राखेर नेपाल फार्काएको बताउदै विभागका उपाध्यक्ष ठकुरीले उनलाई नेपाल फर्काउन सहजीकरण गरिदिनु हुने नेपाली राजदूतावास गैर आवासी नेपाल संघका अध्यक्ष विनोद थापा, संघका उपाध्यक्ष हेमराज सापकोटा, विभागका सभापति नेत्र केसी, पासाङ लामा, राज लामा, प्रकाश गरि, उमेश प्रसाइ, पुर्ण सुबा, स्वतन्त्र पार्टी परिवार र, सम्पूर्ण सहयोगीहरुलाई विशेष धन्यवाद दिदै एनआरएनएले स्थपाना गरेको सेल्ट हाउस बारे निकै प्रसंसा गर्नु भएको भयो ।

त्यस्तै उनले सामाजिक संजालमा लेखेकाछन भगवान संग सधै यहि प्राथाना कामना रहिरहोस आवाज बिहिनहरु को आवाज हुन सकियोस्, प्रदेशीनु हाम्रो रहर हुदै होइन यो दिर्घकालिन बाध्यता हो, नेपाली दु:ख पिडामा पर्नु भएको लागी सारथी भएर निस्वार्थ सहयोग सेवा गर्न पाउदा नेपाली हुनु मा गर्व गर्दछु, उहाँ भाई छोइकु तामाङ को प्रदेशको बसाई सोचे भन्दा ज्यादा दु:ख पिडामा बिताउनुभो र उहाँ मरे पनि बाचे पनी नेपाल मै बाच्ने मर्ने उहाँको चाहाना आज सहयोगी मन हरुको सहयोग सद्भभावले सम्भव भएको बताएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …