मलेसिया । विगत लामो समय देखि रोजगारीकि सिलसिलामा मलेसिया आएका काभ्रे तिमाल गाउँपालिका ८, का छोइकु तामाङलाई राष्ट्रिय पार्टी प्रदेश विभाग मलेसियाले उद्दार गरेर स्वदेश फर्काएका छन् ।
तामाङ रोजगारदाता कम्पनीमा मलेसिया आएको भए पनि केही समय पश्चात् आफ्नो रोजगार कम्पनीमा कुनै पनि जानकारी नगराई कम्पनी छोडेर अवैधानिक रुपमा मलेसियाको सुवाङजयमा काम गर्दै आएका तामाङ अचनाक बिरामी भए पछि उनले सामाजिक संजालमा आफु बिरामी भएको जनाउदै उद्दार गरि नेपाल फर्काउन अपिल गरेका थिए ।
उनले गरेको अपिल पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवास विभाग मलेसियाका उपसभापति मिलन ठाकुरी सोही ठाउमा पुगेर केही आर्थिक सहयोग गरेको केही समय पश्चात तामाङ् रोडमा बेवारिसे भएको अवस्थामा ठकुरिले भेटे पछि मलेसियाको कोत्रया लिएर नेपाली राजदुतावास लगेर उनलाई नेपाल फर्कन लाग्ने डकुमेन्ट सबै बनाएर र नेपाली राजदुतावासको पत्र अनुसार गैर आवासीय नेपाली संघ एनआरएनएले स्थापना गरेको सेल्टर हावसमा ल्यार त्यहाबाट आज हिमाल एयरलाइन्सको जहाबाट मलेसियाको समय अनुसार बिहानको ३: ४५ मा छौकम तामाङ नेपाल फर्किदै छन् ।
थप जानकारीका लगानी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग मलेसियाका उपसभापति मिलन ठकुरी संग फोन गरेर बुझ्दा उहाको सामाजिक संजालबाट आफुले खबर पाए पछि आज भन्दा १५ दिन देखि फलो गरिरहेको थिए पहिलो चरणमा आँफै गएर केही आर्थिक सहयोग पनि गरेको र पछिल्लो समय सम्पर्क बिहिन भएकोले उहालाई नेपाल फर्काउन केही ढिलो भएको बताए ।
उनले तामाङलाई पुन रुपमा भेटेपछि उनको अवस्था अतिनै कम्जोर देखेपछि उ नेपाल जानुपर्छ उ यहाँ मर्नु भन्दा नेपाल फर्काउनु पर्छ भन्ने हेतुले उनलाई एनआरएनएको सेल्टर हासमा राखेर नेपाल फार्काएको बताउदै विभागका उपसभापति ठकुरीले उनलाई नेपाल फर्काउन सहजीकरण गरिदिनु हुने राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभागका सभापति नेत्र केसी, गैर आवासी नेपाल संघका अध्यक्ष विनोद थापा, संघका उपाध्यक्ष हेमराज सापकोटा, नेपाली राजदुतावास लगायत एनआरएन मलेसियाका पुरै टिमलाई धन्यवाद दिदै एनआरएनएले स्थपाना गरेको सेल्ट हाउस बारे निकै प्रसंसा गर्नु भयो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …