मलेसिया । नेपाल तामाङ घेदुङ मलेसियाले गत बर्षहरुमा जस्तै आगामी बर्ष २०२४ को फेब्रुअरी १० तारिख तामाङ समुदायको राष्ट्रिय महान पर्व मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार मनाउने भएको छ ।
आइतबार मलेसिया स्थित क्वालालम्पुरको कोतारायामा रहेको थाली रेस्टुरेन्टमा सम्पन्न भएको छलफलबाट ल्होछार मनाउने निर्णय गरेको छ। तामाङ घेदुङ मलेसियाले विगतको बर्षहरुमा जस्तै आगामी बर्ष २०२४ मा पनि चर्चित सेलो गायक/गायिकाहरु स्थानीय कलाकार हरुको साथमा सोनाम ल्होछार मनाउने भएका छन् ।
ल्होछार सम्पन्न बनाउन नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष मिलन थिङ्को अध्यक्षतामा संयोजक समिती गठन पनि गरिएको छ। भने आर्थिक संयोजकमा नेपाल तामाङ घेदुङ मलेसियाका बरिस्ठ उपाध्यक्ष बिक्रम वाईबा, घेदुङका उपाध्यक्ष छेवाङ पाख्रीन र सह-कोषाध्यक्षमा युनिक तामाङ् लाई जिम्मेवार दिएको छ ।
त्यस्तै अतिथि सत्कारको संयोजक मिलन दोङ तामाङ, कलाकार संयोजकमा जि बि तामाङ रहेको छ। भने ल्होछारको लागि निमन्त्रणा गरिने कलाकारको नाम भने टुंगो लाग्न बाकी रहेको छ ।
नेपाल तामाङ घेदुङ मलेसियाले प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म, रीतिरिवाज, संस्कृति र पहिचानको प्रवन्धन गर्दै २००५ देखि निरन्तर सामाजिक काममा सक्रिय रहदै समस्यामा परेको श्रमिक हरुरलाई आर्थिक रुपमा सहयोग गर्दै आएको छ।स्थापनाकाल देखि अहिले सम्म घेदुङ मलेसिया पनि श्रमिकले सम्झिने एक संस्था हो। र अगामी दिनहरुमा पनि समस्य परेको श्रमिकहरुले घेदुङ मलेसियालाई सम्झिन अध्यक्ष मिलन थिङले अनुरोध गर्दै समस्यामा परेको नेपाली श्रमिकहरुल सहयोग गर्ने संस्थाका अध्यक्ष थिङले प्रतिबद्धता जायर गर्नुभएको छ ।
नेपाल तामाङ घेदुङ मलेसियाले ल्होछार मनाउने भए पनि स्थान भने टुंगो लागेको छैन। भने अब केही दिनमा टुंगो लाग्ने तामाङ घेदुङका स्रोतले जनाएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …