तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कतार । किरात राई यायोक्खा शाखा कतारको नवौं अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार कतारको दोहा स्थित ग्रान्डमल प्लाजा रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको अधिवेशनले किरात रई यायोक्खा शाखा कतारको आगामी २०२३-२०२५ कार्यकालका लागि अध्यक्षमा जीवन राई सहित संस्थाका ३० जनाको नयाँ समिति सर्वसम्मत निर्वाचित भएका छ्न् ।

त्यस्तै संस्थाको वरिष्ठ उपाध्यक्षमा राजकुमार राई र प्रथम उपाध्यक्षमा प्रेम बहादुर राई, निर्वाचित भएका छन्। भने द्वितीय उपाध्यक्ष (महिला) गंगा राई निर्विरोध निर्वाचित भएकि छिन्न। त्यसैगरी समितिको महासचिवमा लक्ष्मी प्रसाद राई र सचीव शुक्र कुमार राई, निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्ष नरबहादुर राई, सहकोषाध्यक्ष आशा राई, महिला संयोजक प्रेमकला राई र सांस्कृतिक संयोजक धर्मराज राई, निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः लिला राई, विज्ञान राई, विश्वकला राई, अनिल राई, मनु राई, सुमन राई, युकेस राई, बनिता राई, सपना राई, प्रतिमा राइ, आशंका राई, दल कुमारी राई, विश्व जंग राई, विक्रम राई (A) विक्रम राई (B) र मन कुमार राई, लगायत निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाका अध्यक्ष शंकर राईको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगर रहेको प्रमुख अतिथिमा भएको कार्यक्रममा एनसिसि कतारका दृतिय उपाध्यक्ष केशव कार्की लगायत कतारमा रहेको विभिन्न संघसंस्था हरुको प्रतिनिधिहरु र नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

संस्थाका कार्यवाहक महासचिव राजु राईले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका द्वितीय उपाध्यक्ष राजकुमार राईले स्वागत मन्तव्य राख्नु भएको थियो। भने कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगर एनसिसि कतारका दृतिय उपाध्यक्ष केशव कार्की लगायत कतारका विभिन्न संघसंस्थाको प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा शुभकामना दिने क्रममा कार्यक्रमका प्रमुख अतिथि डिएन मगरले किरात राई यायोख्या कतारले गरेका विभिन्न कार्यहरुको चर्चा गर्दै। किरात राईहरुको भाषा, धर्म, लिपि, संस्कार र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै आफ्नो हक, अधिकार र पहिचानको निम्ति प्रवासमा रहेर पनि सक्दो योगदान पुर्याएको बताउँदै संस्थाका उत्तर उत्तर प्रगतिको कामना गर्दै आउने नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा किरात संस्कार झल्किने साकेला, नृत्य लगायत अन्य स्थानीय कलाकारहरुले कार्यक्रमलाई सफल पार्न विभिन्न साँस्कृतिक, सांगीतिक प्रस्तुति दिएका थिए ।

त्यस्तै कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापति शंकर राईले आफ्नो कार्यकालमा विभिन्न माध्यमबाट साथ सहयोग गर्ने तथा नवौं अधिबेशनलाई भब्य रुपमा सफल तुल्याउन उपस्थिति प्रमुख अतिथि लगायत उपस्थिति सम्पुर्ण अतिथिहरुलाई र कार्यसमितिका पदाधिकारी हरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …