तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरिप्रसाद भट्टराईलाई एनसीसी मलेसियाले भब्य स्वागत गरेका छन् ।

भट्टराई गत अक्टोबर १९ तारिख सम्पन्न भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनबाट एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा निर्वाचित भएका हुन् ।

भट्टराई निर्वाचित भएपश्चात् आज आफ्नो कर्मभूमि मलेसिया आउने क्रममा उनलाई एनआरएनए एनसीसी मलेसिका उपाध्यक्ष हेमराज साप्कोटाको नेतृत्वको टोलीले मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय बिमान स्थलमा पुगेर खादा फुलमाला लगाइ स्वागत गरेका छन् ।

स्वागत गर्ने क्रममा भट्टराईले आफुलाइ निर्वाचित गराउन महत्त्वपूर्ण भुमिका खेलेको एनसीसी मलेसिया र एसिया प्यासिफिक अन्य मुलुकका एनसीसी र डेलिगेट्स हरुलाई धन्यवाद दिदै उनले अब एसिया मुलुकमा मिलेर काम गर्ने प्रतिबद्धता जायर गर्दै भने अहिले हाम्रो संस्थालाई केही राजनीतिक दलहरूले बदनाम गर्न खोजेको छन् त्यसलाई मिलाएर जाने बताए ।

भट्टराई विगत लामो समयदेखि मलेसियालाई कर्मभूमि बानाई आफ्नो ब्यापार व्यावसायी गर्दै एनआरएनए मलेसियामा लामो समयदेखि एनआरएनएमा रही सक्रिय हुदै आएका उनी एनआरएन मलेसियाको २०१९-२०२१ कार्यकालमा एनआरएनए एनसीसी मलेसियाको अध्यक्ष र २०२१-२०२३ मा एसिया प्यासिफिक सहसंयोजक समालि सकेका भट्टराईलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा एनसीसी मलेसियाले सर्वसम्मत एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा पठाएका थिए ।

उनले २०१९-२०२१ को आफ्नो कार्यकाल सफलतापुर्वक सम्पन्न गरेर २०२१-२०२३ कार्यसमितिको सर्वसम्मत नेतृत्व चयन गरेर नेतृत्व हस्तान्तरण गरेर एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजकमा गएका थिए। उनलेे एनआरएन मलेसियाको नेतृत्व गरिरहँदा आफ्नै कार्यालयसम्म थिएन, उनकै कार्यकालमा आफ्नै कार्यालय स्थापना गर्न सफल भएका थिए। उनी आफैले १४ लाख  रुपैयाँजम्मा गरेर स्थापना गरेको कल्याणकारी कोषबाट हजारौ नेपालीलाई सहयोग गर्नुभएको थियो ।

त्यस्तै कोभिडको महामारीमा उनले नेतृत्व गरेको संघले ६३ सय भन्दाबढिलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गरेको अभियानले एनआरएन मलेसियाको शाख उचाईमा पुर्‍याउन सफल भएको थियो। भट्टराई एनआरएन मलेसियाको नेतृत्वमा आएपछि भए गरेका कामको उच्च मुल्यांकन मलेसियामा रहेका नेपाली, नेपाली दूतावास मलेसिया तथा एनआरएन आइसीसीले गरेको छ। एनआरएनएको २०२१-२०२३ कार्यकालका एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदा समेत उनको सक्रियता घटेको थिएन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …