मलेसिया । गैर आवासीय नेपाली संघ एनआरएनएको ११ औं महाधिवेशमा एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा हरिप्रसाद भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
गैर आसीय नेपाली संघ राष्ट्रिय परिषद मलेसियाले आयोजना गरेको तिज विशेष कार्यक्रममा नेपालीका लागि नेपाली, भन्ने मुख्य अभिप्रायका साथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अक्टोरबरमा हुने ११ औं महाधिबेशनमा एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा मलेसियाबाट हरिप्रसाद भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
भट्टराईले संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा सन् २०२३–२५ कार्यकालका लागि एसिया प्यासिफिक क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।
भट्टराईले तिज विशेष कार्यक्रम मार्फत भनेका छन सुरक्षित र मर्यादित रोजगार, श्रमिक मैत्री एनआरएनए मेरो सरोकार’ भन्ने मुल मन्त्रका साथ क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने निर्णय लिएको छु । मलाई एनआरएनए मलेसियाले सर्वसम्मत क्षेत्रीय संयोजकमा पठाउने निर्णय गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
एनआरएन मलेसियामा रही लामो समयदेखि एनआरएनका हरेक अभियानमा सक्रिय सहभागिता जनाउँदै आएका उनले एनआरएनएजस्तो पवित्र संस्थामा लिनका लागि होइन दिन सक्नुपर्दछ भन्ने मान्यतालाई विश्वास राख्दछन ।
एनआरएनएको केन्द्रिय कार्यालय स्थापनामा आर्थिक सहयोगदेखि भूकम्पपीडित,बाढिपीडित हुँदै कोभिड पीडितसम्म आइपुग्दा आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आएका उनी एनआरएनए मलेसियाको २०१९–२१ कार्यकाल सफलतापुर्वक सम्पन्न गरेर २०२१–२३ कार्यसमितिको सर्वसम्मत नेतृत्व चयन गरेर नेतृत्व हस्तान्तरण गरका थिए ।
एनआरएनए मलेसियाको नेतृत्व गरिरहँदा आफ्नै कार्यालयसम्म थिएन, उनकै कार्यकालमा आफ्नै कार्यालय स्थापना गर्न सफल भएका थिए। उनी आफैले १४ लाख रुपैयाजम्मा गरेर स्थापना गरेको कल्याणकारी कोषबाट हजारौ नेपालीलाई सहयोग गर्दै आईरहेका छन। कोभिडको महामारीमा उनले नेतृत्व गरेको संघले ६३ सयभन्दाबढिलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गरेको अभियानले एनआरएनए मलेसियाको शाखा उचाईमा पुर्याउन सफल भएको थियो ।
भट्टराई एनआरएनए मलेसियाको नेतृत्वमा आएपछि भए गरेका कामको उच्च मुल्यांकन मलेसियामा रहेका नेपाली, नेपाली दूतावास मलेसिया तथा एनआरएनए आइसीसीले गरेको छ। एनआरएनएको २०२१–२३ कार्यकालका एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदा समेत उनको सक्रियता घटेको थिएन ।
एसिया प्यासिफिक क्षेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा सहित उनको प्रतिवद्धताहरु यस्ता छन :
एनआरएनए एसिया प्यासिफिकका हरेक गतिबिधीहरुलाई श्रमिकमैत्री बनाइने पहल गरिनेछ। नेपाल र एसिया प्यासिफिकको सम्बन्ध श्रममैत्री मात्र नभएर व्यपारिक, पर्यटन तथा आर्थिक सम्बन्ध विस्तार गर्न पहल गरिने। र एसिया प्यासिफिकका देशहरुमा एनआरएनएको सञ्जाल विस्तार गर्ने। जस्तैः भियतनाम, इन्डोनोसिया, फिलिपिन्समा एनसीसी गठन गरिनेछ ।
त्यस्तै नेपालका लागि प्रमुख श्रम गन्तब्य मलेसिया, जापान, दक्षिण कोरियालगायतका देशमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुईदेशबीचको सम्बन्ध स्थापित गराइ रोजगारी सहज बनाउन पहल गरिनेछ। विदेशमा रहेका नेपाली नियोगसंग एनआरएनको सहकार्यलाई थप बलियो बनाइनेछ। नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई एसिया प्यासिफिक तथा विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिने ।
श्रमिक गन्तब्य देशमा जाने तथा आउने हवाई टिकट सस्तो र सुलव बनाउन पहल गरिनेछ। एनआरएनएमा युवा तथा दोश्रो पुस्ताको आकर्षण बढाउने कार्यक्रम गर्नुका साथै विदेशमा नेपाली भाषा, कला–संस्कृति जगेर्नाका लागि अभियान चालिने बताए ।
गैरआवासीय नेपाली संघ एनआरएनएको आइसीसीको ११ महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ आगामी महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …