साउदी । साउदी अरबको ताबुक क्षेत्रमा श्रमिक अन्तरक्रिया तथा राहदानी वितरण कार्यक्रम सम्पन्न भएकोछ ।
गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुक साउदी अरबको सहकार्यमा शुक्रबार श्रमिक अन्तरक्रिया कार्यक्रमको बीच ३६१ राहदानी नवीकरण भएर आएको मध्ये ३०२ वटा राहदानी वितरण गरिएको हो ।
भौगोलिक रुपमा अरु क्षेत्रको तुलनामा ताबुक सानो क्षेत्र भएता पनि साउदी अरब कै सबै भन्दा ठुलो नियोम परियोजना (Neom project) को कारणले हाल सेवाग्राहीहरुको संख्या सबै भन्दा उच्च-संख्यामा रहेकोछ ।
उक्त कार्यक्रममा पासपोर्ट राहदानी लिन आनुहुने सेवाग्राही उपस्थिति श्रमिकहरु बीच विभिन्न अन्तरक्रिया गरि राहदानी वितरण गरिएको थियो ।
महाबाणिज्य दुतावास जेद्दा देखी दुर दराजको क्षेत्र ताबुक तथा ताबुक आसपासमा रहेका श्रमिक दाजु भाई दिदिबहिनीहरुले आफु रहेको नजिकैको स्थानबाट आफ्नो राहदानी नवीकरण गर्न पाउदा अत्यन्तै हर्षित भएकाथिए ।
विगत लामो समय देखि साउदी अरबमा नेपाली राजदुतावास रहेको राज्यदेखि अलिक अलग राज्य क्षेत्रमा नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरुलाई सहजको लागि राहदानी नवीकरण गर्दै आएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका प्रवक्ता देबी बहादुर कार्कीले बताए ।
राहदानी वितरण कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका प्रवक्ता देबी बहादुर कार्की, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका पूर्व उपाध्यक्ष तथा हाल जेध्दा कन्सुलेट द्वारा ताबुकका लागि स्थानीय प्रतिनिधि अर्जुन थापाको उपस्थिति रहेको थियो ।
त्यसैगरी आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका पदाधिकारीहरु, अध्यक्ष नर बहादुर खतिवडा, उपाध्यक्ष ओम थापा, सचिव बुद्धी प्रसाद बास्तोला, प्रवक्ता शक्ति भट्ट, सह सचिब ज्ञान भक्त खड्का, युवा संयोजक बिक्रम तिम्सिना, सद्स्य सुमन कार्की, राजेश सिर्पाली, बिकास झा, लगायतले ठुुलो भुमिका निभाएका थिए ।
राहदानी वितरण कार्यक्रम सन २०१४ देखी गर्दै आएको भए पनि विगतको साल दिनहरु भन्दा यो साल सबैभन्दा अहिलेसम्म कै उच्च संख्यामा राहदानी नवीकरण गरि वितरण भएको र दिनानुदिन नेपाली श्रमिकहरुको आगमन बाक्लिदो संख्या भइरहेकोले आगामी दिनहरुमा अझै यो संख्या बढ्न सक्ने अनुमान आरसिसी अध्यक्ष नर बहादुर खतिवडाले बताए ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …