खोटाङ । वैदेशिक रोजगारीमा जानेले अब स्थानीय तहबाटै श्रम स्वीकृति पाउने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहबाटै उक्त सेवाको व्यवस्थापन मिलाउन परिपत्र भएअनुसार खोटेहाङ गाउँपालिकामा रहेको रोजगार सेवा केन्द्र (रोजगार शाखा) मार्फत सेवा सुरु गरेका हुन् ।
वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले गाउँपालिकाको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृती र पुनः श्रम स्वीकृति लिन सक्ने जनाएका छन् ।
पालिकाले मन्त्रालयको परिपत्रअनुसार सेवा सुरु गरेको हो। वैदेशिक रोजगारमा जानका लागि काठमाडौं गएर श्रम स्वीकृति लिनुपर्ने बाध्यता हटेको हो। स्थानीय सरकारमार्फत उक्त सेवा लिन पाउँदा स्थानिय खुसी छन् ।
श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट, नगरिकता र भिसासम्बन्धी कागजात ल्याउनुपर्ने हुन्छ। श्रम स्वीकृति लिनुपूर्ब सम्बन्धित व्यक्तिले सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बिमाका लागि रकम तिर्नुपर्ने हुन्छ। सबै काम भए पछि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने र स्वीकृति भएकोबारेमा इमेल र मोबाइलमा क्यूआर कोड पठाइदिने व्यवस्था रहेको छ ।
स्थानीय तहहरुबाटै यो सुविधा प्राप्त भएपछि सेवाग्राहीहरु खुशि छन्। ‘विगतमा श्रम स्वीकृति लिन काठमाडौ जानुपर्ने बाध्यता थियो, समयमा काम नहुने, बढी खर्च हुने लगायत थुप्रै समस्या झेल्दै वैदेशिक यात्रा गर्नुपर्ने थियो।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …