तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली दूतावास मलेसियाको प्रमुख आयोजनामा गैरआवासीय नेपाली संघ मलेसिया, नेपाल आदिवासी जनजाति महासंघ मलेसिया, नेपाली ब्यावसायी समाज मलेसिया साथै मलेसियामा क्रियाशिल नेपाली राजनैनिक दलका भातृ संगठन, क्षेत्रीय, जातिय तथा सम्पूर्ण संघ संस्थाहरु संयुक्त सहकार्यमा २५६७ औं बुद्ध जयन्ती अर्थात वेसाक डे कार्यक्रम सम्पन्न भएको छ।

गत बिहीबार मे ४ तारिख मलेसियाको क्वालालम्पुर स्थित ब्रेकफीलमा रहेको कान्दिया हलमा विभिन्न देशका उच्च आयोग तथा कूटनीतिक नियोगहरु श्रीलंकाका हाई कमिसनर महामहीम एयर चिफ मार्सल सुमाङ्गला दियास, मोरस्कोका हाई कमिसनर महामहीम जग्दिश्वर गोबर्धन, लाओस दुतावासका उपनियोग प्रमुख फेत्वीलायचाङ्ह सोभान्नाराथ, सिडिए म्यिन्ट ह्तुन, टि रत्न वलएफेयर सोसाइटीका अध्यक्ष दातुकश्री डाक्टर केके चाई, पेनाङका लागि नेपालका महावाणिज्यदूत दातुक हुएन चेङ गुएन, सेलाङगर, नेगारी सेम्बिलान, मलकाका नेपालका वाणिज्यदूत तेव स्वि लेङ, मलेसियाका पहिलो सगरमाथा आरोहि मगेन्द्रन मुनिसमी र मोहनदास नगाप्पान लगायतको उपस्थितका बिच कार्यक्रम सम्पन्न भएको हो।उक्त कार्यक्रम नेपाली राजदूतावास मलेसियाका महामहिम डिल्लीराज पौडेल साथेै कार्यक्रमका अतिथिहरुले भगवान बुद्धको पूजामा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेेका थिए। भने राजदूत पौडेलले अतिथिहरुलाई स्वागत गर्दै भगवान गौतम बुद्धको बारे संदेश र बुद्ध जयन्तीको महत्वका बारेमा जानकारी गराउनु भएको थियो।

कार्यक्रमका अतिथि दत्तुकश्री डा. केके चाईले निमन्त्रणाप्रति कृतज्ञता व्यक्त गर्दै बुद्धका शिक्षाको महत्वबारे बताए। उनले २० भन्दा बढी पटक नेपाल र लुम्बिनी भ्रमण गरिसकेको र त्यसलाई निरन्तरता दिने योजना रहेको बताए।त्यस्तै गैरआवासीय नेपाली संघका प्रवक्ता तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष सोम सापकोटाले बुद्धका उपदेशको महत्वबारे प्रकाश पार्दै सबैलाई बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आग्रह गरे। उनले नेपालको पर्यटन क्षेत्रको विकासका बारेमा पनि चर्चा गर्नु भएको थियो।

कार्यक्रममा सन् १९९७ मा सगरमाथाको सफल आरोहण गर्ने दुई मलेसियाली पहिलो पर्वतारोही एम. मगेन्द्रन र एन. मोहनदासलाई राजदूत पौडेलले सम्मान गर्नु भएका थिए।

बुद्ध जयन्ती अर्थात वेसाक डे कार्यक्रमका ब्यवस्थापन समितिका संयोजक तथा गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले सहकार्य र सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्नुु भयो।

त्यसैगरी मलेसियाका लागि पर्टन सद्भावदूत तथा कार्यक्रमको आर्थिक संयोजक नेत्र केसीले सहित सहयोगीहरुलाई विशेष धन्यबाद दिएका थिए। भने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष तथा कार्यक्रमका पुजा ब्यवस्थापन संयोजक बिपिन राईले शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म उत्वसको अवसरमा विश्व शान्तिको कामना गरेको बताउदै भगवन गौतम बुद्धको बारेमा संसार भर सन्देश पुग्ने विश्वस लिएको बताउनु भयो।औपचारिक रुपमा बुद्ध जयन्तीको कार्यक्रम सकिएपछि मलेसियामा रहेको नेपालि कमिटी संघ संस्थाका प्रतिनिधि साथै कार्यक्रममा सहभागी नेपाली श्रिक हरुले ‘बुद्ध नेपालमा जन्मिएका हुन, नेपाल भ्रमण गरौं’ लेखिएको टिसर्ट सहित नेपाली झण्डा बोकेर भगवान बुद्धको मुर्ति भएको रथ लिएर मलेसियामा रहेका नेपाली कमिटी स्थानीय र विदेशीहरुको सयौं सहभागीहरुले बुद्धको शान्ति सन्देश फैलाउदै बुद्ध मन्त्र धुन बजाउँदै १० किलोमिटर बुद्ध शान्ति र्‍याली गरेका थिए।नेपाली राजदुतावास मलेसियाको अध्यक्षता भएको उक्त कार्यक्रम नेपाली दूतावासकी प्रथम सचिव यशु बस्न्यातले संचालन गरेकी थिइन्। भने कार्यक्रममा सहभागी अतिथहरुलाई भगवान बुद्धको बारेमा भिडियो वृत्तचित्र प्रदर्शन गरेर देखाइएको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …