मलेसिया । मलेसिया बुद्ध जयन्ती कार्यक्रम सभ्य,भब्य रुपले मनाइने भएको छ। मलेसियास्थित नेपाली राजदूतावासको प्रमुख आयोजना र विभिन्न क्रियाशिल नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा बुद्ध जयन्ती मनाउने भएको हो।
आगामी मे ४ तारिख बिहिवारको दिन मलेसियामा पनि परेको वेसेक डे (vesek Day) को दिन २५६७औं बुद्ध जयन्ती नवितम र सृजनात्मक तवरले मनाउने सम्पुर्ण तयारी पुरा भैइसकेको बुद्ध जयन्ती ब्यवस्थापक समितिका संयोजक एनआरएनए मलेसिया अध्यक्ष बिनोद थापाले जानकारी दिनुभयो।
शांतिका अग्रदूत मानिने भगवान बुद्धको जन्म नेपालमै भएको र बुद्धका बारेमा सत्य संदेश विश्वभर पुय्राउने र नेपालको पर्यटन प्रबर्द्धन गर्ने सुवर्ण अवसरको रुपमा लिदै बुद्ध जयन्ती मनाउने तय भएको हो ।सोही अनुरुप बुद्ध जयन्तीमा सहभागी हुनलाई नेपालसहित अन्य देशहरुबाट समेत पर्यटन प्रवर्द्धनमा भुमिका खेल्ने प्रतिनिधिहरु मलेसिया आउने क्रम जारी रहेको संयोजक थापाले बताउनुभयो।
मे ४ तारिखको दिन बिहान नेपाली दुतावास मलेसियाको प्राङ्गणबाट “प्रभात फेरी” य्राली सहित ब्रेकफिल्डमा अवस्थित एक सभाहलमा प्रवेश गर्ने, औपचारीक कार्यक्रम समापन पश्चात साझको समयमा मलेसियाको बौद्ध विहार त्रिरत्नद्वारा आयोजीत बृहत य्रालीमा सहभागी हुने कार्यक्रम तय भएको छ।।औपचारिक कार्यक्रममा भगवान बुद्ध सम्बन्धित साँकृतिक नृत्य , झाँकी समेत प्रस्तुति रहनेछन्।
बुद्ध जयन्ती कार्यक्रम नेपाल र सम्पूर्ण नेपालीहरुको भएकोले उक्त दिन अनुसाशीत र उत्साहजनक सहभागीता जनाउन मलेसियामा कार्यरत सम्पुर्ण नेपाली जनसमुदायमा महामहिम राजदुत डिल्लीराज पौडेलले आग्रह गर्नुभएको छ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …