तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ । 

सोमबार रातिसम्मको गणनामा वाग्ले निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा झन्डै १२ हजार मतले अगाडि रहेका छन् ।

निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार वाग्लेले २८ हजार २ सय ५१ मत प्राप्त गरेका छन् । कुल ६३ हजार ७ सय ५७ मत खसेको तनहुँ-१ मा कांग्रेस उम्मेदवार भट्टराईले १५ हजार ७ सय ४५ मत प्राप्त गरेका छन् । वाग्ले र भट्टराईबीच रहेको मतान्तरभन्दा कम मत गन्न बाँकी रहेकाले वाग्लेको जित सुनिश्चित भएको हो ।

त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालले ७ हजार १ सय १२ मत प्राप्त गरेका छन् । कुल ४२ वडा रहेको तनहुँ-१ का ३६ वडाको मतगणना सकिइसकेको छ भने अब ६ वटा वडाको मत गन्न बाँकी रहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …