नेपालगञ्ज। नेपालगञ्जमा सोमबारबाट सुरु भएको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एक लाख रुपियाँको केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ ।
नेपालको क्रिकेट इतिहासमा सबैभन्दा उत्कृष्ट नेतृत्व प्रदर्शन गरेर टोलीलाई विश्व कपको छनोटमा पुर्याएको तथा १२ खेल लगातार जितेर इतिहास कायम गरेको जनाउँदै कप्तान पौडेललाई एक लाख रुपियाँको चेक र ट्रफी प्रदान गर्नुभएको हो । यस पुरस्कारले आफू लगायत सम्पूर्ण युवालाई देशका लागि केही गर्नुपर्छ भन्ने हौसला मिलेको कप्तान रोहित पौडेलले बताउनुभयो ।
देशभरिमा उत्कृष्ट काम गर्ने युवालाई प्रोत्साहन गरेर अन्य युवालाई समेत राम्रो कामका लागि उत्साहित गर्ने उद्देश्यले गत वर्षबाट केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कार दिन थालिएको युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलले बताउनुभयो ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …