फिदिम । कांग्रेस नेता सह-महामन्त्री भिष्मराज आङ्देम्बे र ब्यापारको शिलशिलामा मलेसिया रहेका चौबिसे गाउँपालिका १ धनकुटाका नवदम्पती टंक केसी र सिला केसीले पाँचथर फाल्गुनन्द गाँउपालिका २ इम्बुङका अपाङ्गता दुई बिपन्न परिवारलाई राहत उपलब्ध गराएका छन् ।
जनसेवा समाज पाँचथरको संयोजनमा काँग्रेस नेता केन्द्रीय सह-महामन्त्री भिष्मराज आङ्देम्ब मार्फत फाल्गुनन्द गाँउपालिका २ इम्बुङ पाँचथरका दुई अपाङ्गता बिपन्न परिवारलाई राहत उपलब्ध गराएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।
केसी विगत लामो समय देखि मलेसियामा आफ्नै व्यावसायिक रुपमा काम गर्दै आएका उनले मलेसियामा नै बिबाह गरेका उनले वैवाहिक जीवनको खुसीयालिमा अती विपन्न र अपाङ्गहरुलाई आफुले सकेको आर्थिक सहयोग गरेको बताए ।
गत फागुन २१ गते इम्बुङमा एक कार्यक्रमको आयोजना गरी पाँचथर फाल्गुनन्द गाँउपालिका २ इम्बुङका निवासी जनहासिंह नेम्बाङ र धिरेन्द्र तामाङको परिवारलाई ओढ्ने ओछ्याउने, लगाँउने कपडा, स्टेशनरी र खाद्यान्न सामग्री वितरण गरेको हो ।
कांग्रेस नेता भिष्मराज आङ्देम्बेको प्रमुख अतिथित्वमा भएको उक्त राहत वितरण कार्यक्रमका काँग्रेस नेता कोशी प्रदेशसभा सदस्य मैया श्रेष्ठ लावती, स्थानीय जनप्रतिनिधि लगायत सर्बसाधारणको उपस्थिति रहेको थियो ।
राहत वितरण कार्यक्रममा कांग्रेस नेता आङ्देम्बेले बिपन्नताले गाँजेको जहानसिंहको घर समेत निर्माण गरिदिने बताउनुभयो जनसेवा समाजको संयोजनमा हामी उहाँको घर पनि निर्माण गरिदिन्छौँ आङ्देम्बेले भने ‘उहाँको घरको अवस्था देखेर मन अमिलो भयो ।
जहानसिंह बृद्ध अवस्थाका व्यक्ति हुन्। उनकी श्रीमति शुसिला तुम्रोकको कम्मरमुनिको भाग चल्दैन। थला परेकी श्रीमतिलाई जहानसिंह हेरचाह गर्दै दिन कटाउँछन् । उनको परिवारमा अरु कोही छैन। २०६१ सालदेखि छोरो हराएर बेपत्ता भएको छ। जहानसिंहले भने घरमा हामी बुढाबुढी मात्र छौँ । श्रीमति थला परेको चार बर्ष पुग्यो ।
धिरेन्द्र तामाङ पनि आँखा देख्न सक्दैनन्। उनका दुई सन्तान छन्। बालबच्चाको हेरचाह र पढाईमा समस्या देखेपछि उक्त परिवारलाई राहत प्रदान गरिएको हो ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …