क्यानाडा । गैरआवासीय नेपालीहरुको सम्पत्ति अधिकार र नेपाली नागरिकता निरन्तरता विषयको बहस कार्यक्रमको दोस्रो श्रृंखला फेबु्रअरी १९ आइतबार नेपाल समय अनुसार बेलुकि ९ बजे भर्चुअल माध्यामबाट हुने भएको छ । सो अनुरुप अमेरीका क्यानडामा आइतबार विहान १०ः१५, युरोपमा ३ः१५, अरवमा बेलुकि ७ः१५ जापानमा रातीको १२ः१५ र अष्ट्रेलियामा रातिको २ः१५ हुनेछ ।
गैरआवासीय नेपाली संघ र गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रीय समितिसंगको समन्वयमा गैर आवासीय नेपाली संघ अमेरीका र क्यानडाले संयुक्त रुपमा शुरु गरेको कार्यक्रमको दोस्रो श्रृंखलामा नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव एवं पुर्व परराष्ट्रमन्त्रि प्रदिप ज्ञवाली प्रमुख वक्ता र बरिष्ठ अधिवक्ता, प्राध्यापक डा. गान्धी पन्डित बक्ताको रुपमा सहभागी रहने गैरआवासीय नेपाली संघ क्यानाडाले जनाएको छ।
गैरआवासीय नेपाली नागरिकता, नेपाली नागरिकता निरन्तरता एवं सम्पत्ति अधिकारका विषयमा नेपालको बर्तमान सरकारमा सहभागी प्रमुख दल नेकपा एमालेको आधिकारीक धारणा समस्त गैरआवासीय नेपालीहरुका लागी उपयोगी, रोचक एवं महत्वपुर्ण हुने संघले जनाएको छ। ।
नेकपा एमालेभित्रको वैचारिक व्याक्तित्व एवं गैरआवासीय नेपालीहरुका मुद्धालाई नजिकबाट हेरिरहनुभएका पुर्वपरराष्ट्रमन्त्री संगको अन्तरक्रियाबाट नेपालको ठुलो राजनैतिक दलले गैरआवासीय नेपालीहरुको समस्या बुझ्ने र नेपालको राजनैतिक दलको धारणबारे गैरआवासीय नेपालीहरुले बुझ्ने उपयुक्त अवसर मिल्ने कार्यक्रम आयोजक मध्यका गैरआवासीय नेपालीसंघ अमेरिकाका अध्यक्ष बुद्धीसागर सुबेदीले बताउनुभयो । उहाँले अन्यदेशका एनसीसीसंग समेत समन्वय गरेर पछिका कार्यक्रमहरु तय गरिने जानकारी पनि दिनुभयो ।
त्यस्तै अमेरीकामै अध्ययन गरि फर्किनुभएका बरिष्ठ अधिवक्ता एवं बौद्धिक व्याक्तित्व प्रा डा गान्धी पन्डित ज्यु नेपालको कानुन, अन्तराष्ट्रिय कानुन एवं, गैरआवासीय नेपालीहरुका मुद्धाका विषयमा जानकार कानुनव्यावसायी हुनुहुन्छ । गैरआवासीय नेपाली संम्वद्ध विभिन्न विषयमा खुलेर छलफल गर्न र आफ्ना जिज्ञासा सहित अमेरीका, क्यानडा तथा विभिन्न देशमा रहनुभएका गैरआवासीय नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन आयोजक मध्येका गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष दिपक गौतमले सवैमा अनुरोध गर्नुभएको छ । यो कार्यक्रमलाई अझै प्रभावकारी ढंगले निरन्तरता भन्दै गौतमले कार्यक्रमको गैरआवासीय नेपाली संघ अमेरीका र क्यानडाको फेसबुक पेज, युट्युब च्यानल, क्यानडाबाट संचालन हुने माउन्ट एभरेष्ट टेलिभिजन, ग्लोबल टल्क शो, ग्लोबल नेपलिज न्युज नेटवर्क, अमेरिका, नेपाल तथा युरोपबाट संचालन भइरहेका २० भन्दा बढी मिडियाबाट कार्यक्रमको लाइभ हुने जानकारी समेत दिनुभयो ।
विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता, नागरिकता निरन्तरता एवं सम्पत्ति अधिकारका बिषयमा सुसुचित गर्दै नेपालको राजनैतिक तथा प्राज्ञिक क्षेत्रलाई यसको आवस्यकताको महसुस गराउने उद्येस्यले यहि फेब्रुअरी १२ देखि यो कार्यक्रम शुरु गरिएको हो ।
पहिलो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्रि गगन थापा एवं नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको उपस्थिति रहेको थियो भने गैरआवासीय नेपाली संघका अध्यक्षहरु रविना थापा, डा बद्री केसी, कुल आचार्य, उपाध्यक्ष हेमराज शर्मा, महेश श्रेष्ठ महासचिव केशव पौडेल, सचिवहरु चिरन्जीवि घिमिरे, राजन त्रिपाठी, क्षेत्रिय संयोजक रामसी पोखरेल, मिडिया संयोजक चिरन शर्मा, संचारकर्मी रामजी बगाले लगायत २ सय भन्दा बढी गैरआवासीय नेपालीहरुको उपस्थिति रहेको थियो । समयसान्दर्भिक एवं उपयोगी कार्यक्रम भन्दै सहभागीहरुले कार्यक्रमको प्रसंसा गरेका थिए ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …