काठमाडौँ ।सर्भरमा समस्या आएकाले केही समयदेखि नेपाल सरकारमातहत रहेका सबै वेबसाइटहरू खुलेका छैनन् । सर्भरमा समस्या आएकाले १ घण्टादेखि सरकारी वेबसाइट बन्द भएको राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले जानकारी दिए ।
बाहिरबाट साइबर आक्रमणको आशंकामा सबै वेबसाइट डाउन गरिएको उनले बताए । ‘एक घण्टादेखि सर्भरमा समस्या देखिएको हो । बाहिरबाट साइबर आक्रमणको प्रयास नै भएजस्तो देखिन्छ । अबको ५/१० मिनेटमा सबै समस्या समाधान हुन्छ,’ उनले भने । उनका अनुसार मुख्य सर्भरको मेमोरी र सिपियुमा लग हेरेपछि मात्रै कहाँबाट आक्रमण भएको हो थाहा हुनेछ । प्रायःजसो सरकारी वेबसाइट सरकारको एकीकृत डाटा सेन्टरबाट होस्टिङ हुँदै आएको छ ।
सर्भरमा समस्या हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रुसमेत अलपत्र परेका छन् । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …