मलेसिया । चाइनिज नयाँ बर्षको अवसरमा ‘रिमिक्स धमाका १४ सांगीतिक कार्यक्रम हुने भएको छ ।
जिरो माइलको प्रमुख आयोजनामा रिमिक्स धमाका’ कार्यक्रम जनवरी २२ तारिख आइतबार २३ तारिख सोमबार र २४ तारिख मंगलबारको दिन मलेसियाको विभिन्न मुख्य-मुख्य शहरहरुमा हुन गैइरहेको मलेसियाका नेपाली व्यवसायी र कार्यक्रमका संयोजक राजेश श्रेष्ठले जानकारी दिनुभयो ।
रिमिक्स धमाका मलेसियामा हरेक बर्ष आयोजना हुँदै आएको कार्यक्रम हो। जसमा नेपालबाट ख्यातिप्राप्त नेपाली कलाकारहरुको सहभागीता रहने गरेको छ। यस् बर्षको १४ संस्करणको रिमिक्स धमाका जनवरी २२ मा बाटुपहाडको एसकेजे चाइनिज स्कुलमा जनवरी २३ मा चेमरल्याङ जेबिको जोहोरमा र जनवरी २४ तारिखमा क्वालालाम्पुरस्थित होटल ग्रयाण्ड कन्टिनेन्टलमा आयोजना हुने संयोजक श्रेष्ठले बताए ।
कार्यक्रममा ख्यातीप्राप्त गायक-गायीका हरु आनन्द कार्की, खेम सेञ्चुरी, प्रीति आलेमगर तथा डान्सर अन्जली अधिकारी र प्रिती पासवान लगायत कलाकारहरुको प्रस्तुती रहने संयोजक श्रेष्ठले बताउनुभयो ।
मलेसियामा रहेका नेपाली श्रमिक तथा विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीहरुलाई मनोरञ्जनका अलवा भेटघाट र सुखदुःख साटासाटको अवसर जुराउन तथा नेपाली कलाकारहरुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन रिमिक्स धमाका कार्यक्रम गर्दै आएको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …