तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट मलेसियामा काम गर्न आई अलपत्र परेका १३ जना नेपाली युवा श्रमिकहरुको मलेसिया स्थित नेपाली राजदूतावासद्वारा उद्दार हुने भएको छ ।

मलेसियामा कामबाट निकालिएका १३ जना नेपाली मलेसियामै अलपत्र अवस्थामा उद्धारको पर्खाइमा भन्ने समाचार प्रकाशन भएपछि समाचारको प्रभावले गर्दा नेपाल सरकारको सामाजिक सुरक्षा मन्त्रालय मातहतको वैदेशिक रोजगार बिभाग उद्दार तथा राहत समन्वय शाखा र मलेसियास्थित नेपाली दूतावासको ध्यानाकर्षण भैइ बिभाग र दूतावासकै सक्रियता र सहयोग समन्वयमा उद्दार हुने भएको हो ।

बिगत २ महिना पहिलेदेखिनै मलेसिया आएर अलपत्र पर्नेहरुमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ४ का इन्द्रबहादुर ओली र टीकाराम भण्डारी, वडा नम्बर ११ का टेकबहादुर केसी र सुनील शाहसँगै सुनसरीको बराहक्षेत्र नगरपालिकाका सन्देश राई, दीपकचन्द्र बंशी, देवनारायण यादव, भरतप्रसाद यादव, सन्तोष यादव कामविहीन अलपत्र अवस्थामा रहेका थिए ।

त्यसैगरी सुनसरीकै कोशी गाउँपालिकाका विवेक कुमार मण्डल, हरिनगरा गाउँपालिकाका सुधीरकुमार पाल, कुन्दनकुमार पाल र दीपेन्द्रकुमार पाल अलपत्र परेका थिए। ती १३ जना नेपाली श्रमिकहरुको दूतावासको पदाधिकारीहरुले शुक्रवार उद्दार गरि दूतावास परिसरमा ल्याइ राखेका थिए। अलपत्र परेकाहरुको उद्दार गरिदिनु पर्यो भनेर नेपालमा पीडितहरुको आफन्तले ति म्यानपावर कम्पनीहरुका विरुद्ध बिभागमा उजुरी समेत दर्ता गराएका छ्न ।

मलेसिया ल्याएर अलपत्र पार्ने ग्लोबल रिक्रुटमेन्ट प्रा.लि.
म्यानपावरका मलेसियामा सम्बन्धित एजेन्ट रामबहादुर रोकालाई दूतावासमा बोलाइ ति श्रमिकहरुलाई १० दिन भित्र नेपाल फिर्ता पठाउने गरि दूतावासभित्र मलाया खबरको प्रतिनिधि कृष्ण गुप्ता, त्यस्तै दूतावासको तर्फबाट द्धितिय सचिव तथा सूचना प्रशासन प्रमुख प्रतीक कार्की, जनसम्पर्क अधिकृत जय प्रकाश गिरि लगायतको रोहवरमा लिखित सम्झौतापत्रमा हस्ताक्षर गराइएको हो ।

अलपत्र परेका ति श्रमिकहरु नेपालको ग्लोबल रिक्रुटमेन्ट प्राइभेट लिमिटेड, त्रिवेणी एचआर सोलुशन, ईलाईट ह्युमन रिसोर्स प्राइभेट लिमिटेड लगायत विभिन्न म्यानपावरमार्फत २ लाखदेखि २ लाख ८० हजारसम्म रकम बुझाएर आएको तर यहाँ मलेसियामा आफूहरुलाई ल्याएर अलपत्र पारिएको कामविहिन त्यतिकै कोठामा राखिएको श्रमिकहरुको आरोप रहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …