• मङ्गलबार, माघ-१७,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमाकान्त अर्याल वालिङ, स्याङ्जा

पवित्र वाइवलका अनुसार, स्वर्गीय वैभवले सम्पन्न यर्दनको वारीमा, सुख पुर्वक वसेका प्रथम मानव जोडी  आदम र हव्वाले आफ्ना  पिता -प्रभु  यहोवाको उपदेश नमानेको कारणले तत्काल उनीहरूमा पापको उदयभयो  ।  त्यहाँ देखि नै  मानिसहरू पापी भए र त्यसैको कारणले गर्दा पृथ्वीमा वस्ने हामी सवैले असैह्य दुःख कष्ट तथा मृत्यु भोग गर्नै पर्ने नियती वन्यो।

तव आफुले श्रृजना गरेका  मानिसहरूलार्इ पाप कर्मबाट पवित्र गरि मुक्तिको शिक्षा दिनका लागि आज भन्दा २०२२ वर्ष अगाडि इजरायलको वेथलेहममा कुमारी मारियमको कोखबाट परम पिता यहोवाको प्रतिनिधीका रूपमा  यशु नामका एक वालकको जन्म भएको थियो । हो आज डिसेम्वर २५ तारिकको दिनलार्इ  उनै यशुको जन्म भएको दिन उपहार साटासाट, मन्डलीमा यशुको उपदेशको चर्चा तथा भजन र मनोरन्जन गरेर कृस्मसको रूपमा मनाउदै आउने गरेका छौ । 

उनी जन्मने दिनलाइ युगीन घटनाको रूपमा लिइन्छ त्यसैले त त्यहीँबाट अङ्ग्रेजी सम्वत सुरू गरिएको थियो । त्यो समय पुर्वको मानव समाज र सभ्यता धेरै अन्धविश्वासी थियो हिसा, अराजकता र  शासकको मनपरीतन्त्र व्यप्त थियो । यशुले अध्नविश्वास शोषण र अन्यायको विरूद्दमा मानिसहरूलाइ सम्झाए र क्रान्ति गरे र नयां विचारको रूपमा परम पिताको सन्देश दिए  । उनले आफुलाइ इश्वरको मसिहा वताए  । उनको नयाँ विचारले तात्कालीक  राजाको व्यवस्था खलवलिन थाल्यो। पन्डित पुरोहित सामन्तहरूले, उनलाइ भडुँवा भनेर गाली गर्न थाले र पक्रेर राजा कहाँ पुर्याए । उनले मोशाको नियमको उधलंकन गरेको, कर तिर्न पर्दैन भनेर उक्साएको र आफु नै राजाहरूको पनि राजा भएको भनेर आरोप लगाए । 

तव रोमनी सम्राट पिलातसले सुक्रवारको दिनमा  क्रुसमा झुन्ड्याएर क्रुरतापुर्वक मारे । उनले आफुलाइ मार्नेहरूलार्इ पनि माफ गर्न आकास तर्फ फर्केर प्रभु संग पुकार गरे र खुसीखुसीमा प्राण त्याग गरे  । त्यसै भएर उनलार्इ मुक्तिदाता भगवान भनेर पकारा गर्दछन र उनलार्इ कृष्चियन धर्मका प्रवर्तक भनेर सम्मान गर्ने गरिन्छ । कृष्चियन धर्म मान्ने कम समुदाय भएका देशमा पनि कृस्मसको दिनमा विदा दिने चलन चलेको छ, आज हाम्रो देशमा विदा छ । वाइवलमा वर्णन भएको यशुको जन्म, उनको चामत्कारिक शक्ति, प्रतिभा , शिक्षा तथा उपदेशहरू र  हिन्दु धर्म ग्रन्थहरूमा वर्णित भगवान कृष्णको जन्म ,पराक्रम,संघर्ष तथा उपदेश र मार्ग दर्शनहरूमा केही सामिप्यता देखिन्छ ।

द्वापर युगमा माता देवकीका गर्भबाट जन्मने वित्तिकै कृष्णलार्इ   वचाउँन पिता वासुदेवले वृन्दावन लगेर  यसोदा माता र नन्दवावाका काखमा सुम्पेर आए जस्तै २ वर्ष भन्दा मुनिका वालवालिकालार्इ मार्ने योजना वनाएको राजा हेरोदबाट यशुलाइ वचाउन वावु युशुफले नाशेरथबाट वेथलेहममा लगेका थिए र लुकाएर राखेका थिए । यसैगरि कृष्णले वाल्यवस्था देखिने तात्कालिन अन्धविश्वासी र अहंकारी क्रूर शाषक कंशको विरूद्द लडाइ गरे भने यशुले रोमी राज्यको । 

त्यसै गरि भगवान कृष्णले गीतामा मलाइ विश्वास गर सवै काम मेरो नाममा समर्पण गर तिमी पापी हुने छैनौ,मुक्त हुनेछौ भनेझै यशुले आफुलाई  वा प्रभुलाइ विश्वास गर उनैलाइ भन्ने उपदेश दिएका छन् यो दुवै भक्ति मार्गको सिद्दान्त हो, यो मार्गले प्रेम र करुणा अविर्भाव हुन्छ । भगवान कृष्ण न्यायका पक्षपाती,धर्मका रक्षक, क्रान्तिकारी युगपुरूष, समाज सुधारक र गुरूका पनि महागुरू थिए जसले गीता दिए ।  यसै गरि यशुले परम पिताको सन्देस भनेर वाइवल दिए ।

यसैगरि यशुको जन्म र मृत्यु, महाभारतका वीर योद्दा कर्ण संग पनि मेल खान्छ । यशु कुमारी मारियमका छोरा थिए भने कर्ण पनि कुमारी अवस्थाकी कुन्तीका कोखबाट जन्मे । यशु जन्मनु पुर्व आमा मारियमलाइ यहोवाले मेरो प्रतिनिधी तिम्रो पवित्र काखबाट जन्मनेछ भन्ने सन्देश दिएका थिए भने सुर्य देवताको स्मरण गर्दा कुमारी कुन्तीका कोखबाट  वीर कर्णको जन्म भएको थियो 

अर्जुनको वाँणले हानेर कर्णको मृत्यु हुँदा सुर्य पुरै ढाकिएर अंधेरो भएको कुरा उल्लेख भएजस्तै यशु क्रसमा झुन्डिएर यशुले खुसी भएर मृत्यु स्वीकार गर्दा सुर्यलाइ वादलले छोपेर अंधेरो भएको कुरा वाइवलहरूमा उल्लेख छ । यसरी नै पृथ्वी समुन्द्रमा प्रलयहुदाँ वैवश्वत मनुलाइ र वेद तथा सम्पुर्ण जगतका वीजहरूलार्इ डुंगामा राखेर वचाइएको कुरा मत्स्य पुराणमा उल्लेख भएजस्तै पुरानो वाइवलमा वाइवलमा पृथ्वी प्रलय हुदा फेरी श्रृष्टी गर्न सजिलो होस भनेर  ठूलो  डुंगामा नुहले वीजस्वरूप एकएक जोडि पशुपंक्षी, वृक्षहरूलार्इ राखेर वचाएको भन्ने कथा उल्लेख गरिएको छ ।

सवै धर्मका सन्देसहरूले विहंगम कल्याणको लक्ष वोकेको छ । मानिसको ज्ञान वढोस, विवेक परिपुर्ण होस, प्रेम र सद्भावले आतप्रोत वनोस जसले समाजमा शान्ति न्याय तथा भाइचारको स्थापना होस । तर धर्म ग्रन्थका स्थुल कथा वस्तुमा अलमलिएर हामी कति जान अनजानमा झन कट्टर, रूढीवादी र यान्त्रिक भैरहेका छौ जसे गर्दा एक अनुयायीले अर्कोलाइ निचा देखाउने विधर्मी देख्ने गर्दछौ।  गतिशिलता, उदारता , सहिष्णुता, प्रेम, क्षमा र परोपकार सवै धर्मको सार हो, क्रिस्मस पर्वले हामी सवैलार्इ फराकिलो सोच्न र प्रेम सदभाव र कल्याणको मार्गमा लाग्ने प्रेरणा दिन सकोस, हार्दिक शुभकामना !

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

दुर्घटनाको नियती !

दुर्घटनाको नियती !
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …