तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट महामन्‍त्री थापा नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्नुभएको हो। नेपाली युवा राजनीतिक नेतामा उच्च छवि बनाउनु भएका थापा कांग्रेसका प्रभावशाली युवा नेतामध्ये एक हुनुहुन्छ।

उहाँ वि.सं. २०३३ सालमा काठमाडौंमा जन्मनुभएको हो। कक्षा ९ मा पढ्दै गर्दा २०४६ सालको जनआन्दोलनबाट थापाको राजनीतिक क्षेत्रमा सक्रियता बढेको थियो। २०५१ सालमा त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएपछि विद्यार्थी राजनीतिको नशाले उहाँलाई झन् आकर्षित गर्‍यो।  त्रिचन्द्र स्ववियुमा सदस्यसचिव हुँदै उहाँ स्ववियु सभापति बन्नुभयो। २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसङ्घको केन्द्रीय राजनीतिमा थापाको संलग्नता बढ्नु स्वाभाविक बन्यो। 

नेविसङ्घको उपाध्यक्ष हुँदै महामन्त्री बन्नुभयो। नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य हुँदै उहाँ कांग्रेसको १३ औँ महाधिवेशनमा महामन्त्री पदमा विजयी हुनुभएको हो। उहाँ मङ्सिर ४ मा भएको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा काठमाडौं क्षेत्र नं.४ बाट विजयी हुनुभएको हो । थापा पूर्व स्वास्थ्य मन्त्रीसमेत हुनुहुन्छ । कांग्रेसमा संसदीय दलको नेतालाई सम्भावित प्रधानमन्त्रीको रुपमा लिने गरिन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …