तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवा सुदूरपश्चिम प्रदेशको डडेलधुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ। समकालीन नेपालको संसदीय शासन प्रणालीमा २०४८ सालदेखि २०७९ सम्म लगातार उहाँ  विजय हुनुभएको छ। २०७९ मङ्सिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देउवा विजयी हुनुभएको हो। 

उहाँ २०७९ असार २९ गते पाँचौँ पटक देशको प्रधानमन्त्री हुनुभएको हो । उहाँले पाँचौँ  पटकसम्म देशको कार्यकारी प्रमुख प्रधानमन्त्री भएर देशको शासनको बागडोर सञ्चालन गर्नुभएको छ। 

देउवा नेपाली कांग्रेसको सभापति पदमा दोस्रो कार्यकालको नेतृत्व गरिरहँदा प्रतिनिधि सभा सदस्य सदस्यमा विजयी हुनुभएको हो। २०४८ सालको प्रतिनिधि सभा सदस्यमा विजयी हुँदा उहाँ ४५ वर्षको हुनुहुन्थ्यो। त्यो जीतसँगै उहाँ गृहमन्त्री बन्नुभयो। त्यसपछि उहाँको राजनीतिक यात्रा निरन्तर अगाडि बढिरहेको छ। 

उहाँ डडेलधुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुवा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट वि.सं. २००३ जेठ ३१ मा जन्मनुभएको हो। विद्यार्थी जीवनबाटै राजनीति सुरु गर्नुभएका देउवा लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरेर करिब १० वर्ष राजनीतिक बन्दी जीवन बिताउनु भएको छ। 

पञ्चायत कालको कठोर समयमै विद्यार्थीको नेता हुन सफल देउवा २०४८ यता निरन्तर निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ। वि.सं. २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्लाबाट निर्वाचित हुनुभयो। 

त्यसैगरी, २०६४ र २०७० मा भएको संविधान सभाको निर्वाचनमा डडेलधुराका साथै कञ्चनपुर र कैलाली जिल्लाबाट समेत विजयी हुनुभयो। वि.सं. २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेलधुराबाटै विजयी हुनुभएको थियो। नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता शीर्ष नेताबाट प्रशिक्षित देउवा पार्टी र गठबन्धनलाई लिएर यो पटक चुनावमा जानु भएको हो ।

वि.सं. २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बन्नुभयो। उहाँकै नेतृत्वमा सुदूरपश्चिममा नेपाली कांग्रेसले प्रभावकारी विजय हासिल गरेर उहाँ गृहमन्त्री बन्नुभएको थियो। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर देउवा लन्डन स्कुल अफ इकोनोमिक्सको फेलोसमेत हुनुहुन्छ। कानुनमा स्नातक उहाँले भारतको जवाहारलाल नेहरु विश्वविद्यालय (जेएनयू) बाट मानार्थ विद्यावारिधि (पिएचडी) प्राप्त गर्नुभएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …