उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाई बेल्टार विरेन्द्रबजार र खोटाङको बराहापोखरी गाउँपालिका ५ पौवासेरा चिसापानी जोडिने बंसिलाघाटस्थित सुनकोसी नदीमा पक्की मोटरेबल पुलको शुक्रबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको प्रमुख अतिथिमा र प्रदेश १ खानेपानी सिचाइ तथा उर्जामन्त्री रामकुमार राई, प्रदेशसभा सदस्य भूपेन्द्र राई विशेष आतिथ्यतामा शिल्यानास गरिएको हो ।
गत मंसिर १ गते निर्माण कम्पनीनएम/एस कालिका भेडान्सी जेभीबीच निर्माण अवधि ३३ महिनामा सक्ने गरी सम्झौता गरेको थियो।१ सय ५० मिटर रहेको पुलको १९ करोड १८ लाख ४१ हजार ४ सय रुपैयाँ लागत रहेको जनाएको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …