खोटाङ । खोटाङ प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ) र खोटाङ प्रदेश “ख” प्रदेश सभामा नेपाली कांग्रेसका भुपेन्द्र राई, त्यसैगरी खोटाङ प्रदेश “क” प्रदेश सभामा नेकपा एमालेका पाचकर्ण राई (पीके) निर्वाचित भएका छन् ।
गत मंसिर ४ गते संपन्न भएको संघ प्रदेशको निर्वाचनमा
प्रतिनिधिसभा तर्फ कुल ६७,४०८ खसेकोमा माओवादी केन्द्रका रामकुमार राईले ३१,३५१ मत प्राप्त गरि निर्वाचित भएका छन्। भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बिशाल भट्टराईले २८,६८२ मत पाएका छन् ।
त्यसैगरी खोटाङ प्रदेश “ख” मा ३३,४०९ खसेको मतमा नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र राईले १६,४९६ मत प्राप्त गरि निर्वाचित भएका छन्। भने अर्का निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राम प्रसाद दंगालले १४,३५६ पाएका छन् ।
त्यस्तै खोटाङ प्रदेश “क” देखि प्रदेश सभा सदस्यमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका बिरबलकाजीलाई १,१८९ मतले पछि पार्दै नेकपा एमालेका उम्मेदवार पाचकर्ण राई (पीके) निर्वाचित भएका छन् ।
उक्त निर्वाचनको आज दिउँसो अन्तिम मत परिणाम सार्वजनिक भए संगै नवनियुक्त प्रतिनिधिसाभा सदस्य नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ) नवनियुक्त खोटाङ प्रदेश “ख” प्रदेश सभा सदस्य नेपाली कांग्रेसका भुपेन्द्र राईले बिहीबार दिउँसो निर्वाचन आयोग जिल्ला अदालत अगाडी दिक्तेलमा संयुक्त गठबन्धनको बिजय जुलुस गरेको छ ।
त्यस्तै बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त रुपमा पालिका स्तरीय बिजय जुलुसको समेत तालिका तय गरिसकेको छ। जस्मा १०, गते शनिबार ११, बजे साकेला गाउँपालिका स्थित मानेभञ्ज्याङ संयुक्तरुपमा गठबन्धनका पालिका स्तरीय बिजय जुलुस गर्ने भएकाछ। भने लगत्तै १०, गते शिनिबार कै दिन दिउँसो २, बजे दिप्रुङ चुईचुम्मा गाउँपालिका स्थित पन्चमीमा बजारमा जुलुसको कोर्ण सभा गर्ने तय गरेको छ ।
त्यसैगरी ११, गते आईतबा ११, बजे खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा बिजय जुलुस गर्ने भएकोछ। भने लगतै १, बजे जन्तेढुङ्गा गाउँपालिका स्थित चिसापानी बजारमा बिजय जुलस कोर्ण सभाको तय गरिएको नेपाली कांग्रेस जन्तेढुङ्गाका सभापति बाजिन्द्र बिष्टले जानकारी गराएको छ ।
त्यस्तै १२, गते सोमबार ११, बजे बराहपोखरी १३, गते मंगलबार हलेसी तुवाचुङ नगरपालिका र लगतै रावाबेसी गाउँपलिका १४, गते ११, बजे ऐशलुखर्क गाउँपालिकाको ऐशेलुखर्क बजार १५, गते ११, बजे केपिलाशगढी गाउँपालिकाको बाक्सिलामा बिजय जुलुस गर्ने भएको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …