तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

राहुल कुमार ढकाल

धनुषा । धनुषा क्षेत्र न. ३ `क´ ज.स.पाका उमेदवार जितेन्द्र यादवले प्रदेशसभा सदस्य निर्वाचनमा विजयी गराउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्।

ईटहरवामा आज आयोजित प्रदेशसभा उम्मेदवारको परिचयात्मक तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउँदो निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्र नलिन सम्पुर्ण नेता कार्यकर्तालाई अनुरोध गरेका हुन ।

सुशासनले जित्ने कि अराजकताले जित्ने भन्ने उनको विचार छ , यो सामान्य निर्वाचन मात्र होइन अन्य निर्वाचनभन्दा भिन्न छ , यो निर्वाचनमा हामी सबै पूरा तागतका साथ एकताबद्ध भएर लाग्नु पर्ने यादव बताउँछन् ।

आर्थिक समृद्धिमार्फत जनताको मन नजितेसम्म राजनीतिक परिवर्तन दिगो हुन नसक्ने जिकिर गर्दै उनले अब विकास र समृद्धिको नयाँ यात्रा धनुषा क्षेत्र न. ३ (क) बाटै सुरु हुने बताए।
‘नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनु पर्नेछ। अब यो राजनीतिक प्रक्रियाको सफलताका निम्ति आर्थिक विकास अपरिहार्य शर्त हो,’ उनले भने, ‘यदि हामीले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरू भएको अनुभूति दिलाउन सकेनौं र आर्थिक क्रान्तिको खाका कोर्न सकेनौं भने यो परिवर्तन दिगो हुँदैन। त्यसकारण परिवर्तनको दिगोपनका लागि पनि आर्थिक समृद्धिको नयाँ खाका सुरू गर्नुपर्छ।’
ज.स.पाका संघिय परिषद सदस्य नवीन यादव भन्नुहुन्छ: हामी घरदैलो कार्यक्रममा गईरहदा जनताका पीडा र दु:ख औल्याएका छौ। हामी जनताको हत हितमा निम्ति पहिले पनि लडेका थियौं , अहिले पनि लड्दै छौ र भोलि पनि लड्ने छौं ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …