तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाण्डाै । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशअनुसार मतपत्रको चुनाव चिह्नकाे सङ्ख्या बेग्लाबेग्लै हुने निर्वाचन आयोगले जनाएको छ ।

सबैभन्दा बढी चुनाव चिन्ह भएको मतपत्र मधेस प्रदेश र सबै भन्दा कम चुनाव चिन्ह भएको कर्णाली प्रदेशमा मतपत्र प्रयोग हुने निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन आयोग अनुसार मधेस प्रदेशमा ५९ वटा चुनाव चिह्न भएको मतपत्र रहेको छ भने कर्णाली प्रदेशमा २८ वटा मात्र चुनाव चिह्न भएको हो । यस्तै प्रदेश नं. १ मा ५५ , बागमतीमा ५८ , गण्डकीमा ५२ र लुम्बिनीमा ५४ र सुदूरपश्चिममा ३४ वटा चुनाव चिन्ह भएको मतपत्र प्रयोग हुने भएको छ ।

प्रतिनिधि सभातर्फ भने देशभर ४७ वटा चुनाव चिह्न प्रयोग हुने आयोगले जनाएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …