तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं  ।प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी जसपाबाट बनेका चारजना मन्त्रीलाई पदमुक्त गरेका छन्।

सत्ताधारी गठबन्धनमा रहेको उक्त दलले आम निर्वाचनका लागि प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि देउवाले उनीहरूलाई पदमुक्त गरेको ठानिएको छ।

राष्ट्रपति कार्यालयले बिहीवार साँझ एउटा वक्तव्य जारी गर्दै ती चार मन्त्रीले सम्हाल्दै आएको कार्यभार प्रधानमन्त्री देउवा स्वयंले सम्हाल्नेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको जनाएको छ।

नयाँ निर्णयसँगै जसपाबाट मन्त्री बनेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छीमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादव पदमुक्त भएका हुन्।

राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “…नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम मन्त्री पदबाट सम्माननीय प्रधानमन्त्रीज्यूले पदमुक्त गरी सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजहरूले सम्हाली आउनुभएको उल्लिखित मन्त्रालयहरूको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ।त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पनि सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ।

नेपालको संविधान अनुसार मन्त्री बनेको ६ महिनाभित्र गैरसांसदले संसद् सदस्य नभएमा मन्त्री बन्न नमिल्ने व्यवस्था अनुसार कानुनमन्त्रीको पद सकिएपछि उनलाई जिम्मेवारी दिइएको छ।गत चैत २४ गते गोविन्दप्रसाद शर्मा (कोइराला) लाई सत्ताधारी गठबन्धले मन्त्री नियुक्त गरेको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …