तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बुटवल । नेपाललीको महान पर्व दशैंको अवसर लुम्बिनी विकास कोषले यान्त्रिक परीक्षणका लागि विहिबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । एसियाली विकास बैंकको सहयोगमा डेढ बर्ष वर्षअगाडि लुम्बिनीमा आएका पाँच वटा विद्युतीय बसको अफिसियल र यान्त्रिक परीक्षणका लागि बौद्ध सर्किटमा निशुल्क बस सञ्चालन गरिएको हो ।

बसको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेत्तय) र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण) ले संयुुक्त रुपमा शुुभारम्भ गरे । शुरभारम्भ समारोहमा बोल्दै कोषका उपाध्यक्ष भिक्षु मेत्तयले गौतमबुुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट आउने पर्यटक र बौद्ध सर्किट ’roundका आन्तरीक पर्यटकलाई लक्षित गरि यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरिएको बताए । उनले लुम्बिनीलाई प्रदुुषण रहित बनाउन विद्युतीय गाडी सञ्चालन गर्ने अवधारण अघि सारिएको बताए ।

एसियाली विकास बैंकले भन्सार प्रक्रिया समेत पूूरा नगरि लुम्बिनीमा विद्युतीय गाडीहरु ल्याएर राख्दा लामो समयसम्म चल्न नसकेको जस्तो सन्देश गएको उपाध्यक्ष मेत्तयको भनाई छ । उनले यान्त्रिक परीक्षणको सफलतापछि निरन्तर सञ्चालन हुने बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निशुल्क रुपमा सञ्चालन गरिएको विद्युतीय बसबाट आन्तरीक पर्यटकले फाईदा लिने बताए । उनले विद्युतीय गाडी सञ्चालनका सन्दर्भमा आइपर्ने सुरक्षा तथा अन्य प्रशासनिक कामहरु आफुहरुले गर्ने प्रतिबद्धता जनाए । उनले निशुुल्क बस सञ्चालनले आन्तरीक पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुुग्ने बताए ।

शुुभारम्भ समारोहमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष एंव विद्युतीय गाडी सञ्चालन कार्यविधिका पूूर्व संयोजक ढुुण्डिराज भट्टराई (सिद्धिचरण)ले विद्युतीय बसको परीक्षण सञ्चालनपछि निरन्तर सञ्चालन गरिने बताए । उनले प्रक्रियागत झन्झट र प्राविधिक बिषयका कारण सञ्चालनमा केहि ढिलाई भएपनि अहिले सबै पक्षको सहयोगमा बौद्ध सर्किटमा विद्युतीय बस सञ्चालन गरिएको बताए । उनले धम्म यात्रा मार्फत आन्तरीक पर्यटकलाई लुम्बिनी र बौद्ध सर्किटमा ल्याउन सहज हुने बताए । निकै मेहनतका साथ कार्यदलले कार्यविधि मस्यौदा र सञ्चालन सम्बन्धमा कोषका अध्यक्ष नागरिक उड्डयन, पर्यटन तथा सँस्कृती मन्त्री जीवनराम श्रेष्ठलाई प्रतिवेदन बुुझाएको सोही प्रतिवेदन अनुसार परीक्षण सञ्चालन गरिएको उनले बताए ।

दशैं, तिहार र छठ जस्ता पर्वहरुमा आन्तरीक पर्यटकहरुले लुम्बिनी र बौद्धसर्किटका क्षेत्रहरुमा निशुल्क रुपमा यात्रा गरेर सेवा लिन सक्ने गरि बसको यान्त्रिक परीक्षण गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले अहिले नम्बर प्लेटका लागि अनुुमती लिने काम भइरहेको बताउँदै केहि दिनमै हरियो नम्बर प्लेट राखेर सञ्चालन गरिने बताए । ‘यान्त्रिक परीक्षण गरेपछि प्राविधिक पक्ष थाहा हुनेछ, त्यसपछि निरन्तर सञ्चालन हुन्छ’ सदस्य सचिव शाक्यले भने ।

५ वटा विद्युतीय गाडीका लागि ६वटा रुट तय गरेर सञ्चालन गरिएको परीक्षण इकाईका संयोजक एंव कोषका सदस्य विश्वराज पौडेलले बताए ।

उनका अनुसार लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम (रुट १), लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क (२), लुम्बिनी देखि तिलौराकोट बुद्ध सर्किट परिक्रमा (रुट ३), लुम्बिनी वरिपरि सटल बस ( रुट ४) , लुम्बिनीदेखि एयरपोर्ट बेलहिया (रुट ५) लुम्बिनी मणिग्राम हुँदै देवदह (रुट ६) छन् । विद्युतीय बसको परिक्षण सञ्चालनका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, निजि क्षेत्र र कोषले एक÷एक जना चालकको व्यवस्थापन गरेका छन । लुम्बिनीका विद्युतीय गाडीका लागि १७ ठाउँमा चार्जको व्यवस्था गरिएको योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोडको लागतमा बस तथा ट्याक्सी भित्रिएका हुन । ५ वटा बस र १४ वटा भ्यान लुम्बिनीमा रहेका छन् । गृहमन्त्री बालकृष्ण खाँणले पर्यटन दिवसमा विद्युतीय बस सञ्चालनका लागि निर्देशन दिएलगत्तै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे सहित कोष र सुुरक्षा समितिको बैठक बसेर विद्युतीय गाडी सञ्चालनका लागि रुट तय गरिएको थियो ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …