तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाले संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम मनाएको छ ।

आश्विन ३ गते क्वालालम्पुरस्थित Hotel J W Marriot मा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम भव्यताका साथ मनाएको हो ।

समारोहका प्रमुख अतिथि मलेसियाका मानवसंशाधन उपमन्त्री Datuk Awang bin Hashim ले आफ्नो मन्तव्यमा सम्माननीय राष्ट्रपतिको सुस्वास्थ, नेपाल सरकार र नेपाली जनताको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै टोष्ट प्रस्ताव गर्नुभएको थियो ।

नेपाली राजदूतावास मलेसियाका कार्यवाहक राजदूत मोति बहादुर श्रीसले पारस्परिक रूपमा मलेसियाका राजाको सुस्वास्थ, मलेसिया सरकार र मलेसियाली जनताको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै टोष्ट प्रस्ताव गर्नुभएको थियो ।

कार्यक्रममा कार्यवाहक राजदूतले संविधान दिवसको महत्त्वबारे प्रकाश पार्दै हाम्रो संविधानले नेपालको विविधतालाई सम्बोधन गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सङ्कल्प लिएको व्यहोरा व्यक्त गर्नुभयो ।

नेपालमा लगानीमैत्री उपयुक्त वातावरण रहेको तथा लगानीकर्ताहरुलाई राजदूतावासले सहयोग र समन्वय गर्ने समेत हुँदा मलेसियाली तथा अन्य विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीगर्न प्रोत्साहन गर्दै कार्यवाहक राजदूतले सांस्कृतिक, धार्मिक लगायत अन्य हिसाबले नेपाल आकर्षक पर्यटकीय गन्तव्य भएकाले मलेसियाली नागरिकहरुलाई नेपाल भ्रमणको निम्तो समेत गनुभयो ।

दुई देशका जनताबीचको सहकार्य र मित्रताका आधारमा स्थापित नेपाल र मलेसियाको सम्बन्धमा आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय लगायत अन्य बहुआयामिक क्षेत्रहरुमा सहकार्य बढाउनुपर्ने आवश्यकता समेत दर्शाउनुभयो।यसका साथै विभिन्न पेशा व्यवसाय तथा रोजगारको सिलसिलामा मलेसिया, ब्रुनाई, फिलिपिन्स, ईण्डोनेसिया लगायतका मुलुकमा रहनु भएका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिकोलागि शुभकामना व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालय लगायत अन्य मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, मलेसियास्थित विभिन्न मुलुकका राजदूत लगायत अन्य कूटनीतिज्ञहरु, पत्रकार, उद्योगपति, व्यापारी लगायत मलेसियाको नागरिक समाजको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ मलेसिया एवं मलेसियामा रहेका नेपाली समुदायका सदस्यहरु, व्यावसायीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र मलेशियामा रहेका प्रवुद्ध नेपाली व्यक्तिहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालको संविधान तथा नेपालको कलासंस्कृति, कलात्मक धरोहर लगायत नेपाल चिनाउने विशेष श्रव्यदृश्य सामग्रीको प्रस्तुति गरिएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …