तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मह जोडी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित गर्ने घोषणा गर्नुभएको छ । उहाँहरुसहित १७ जनालाई यो पदकबाट सम्मानित गर्ने घोषणा गर्नुभएको हो । 

सम्मानित हुनेहरुमा नीर शाह, राजेश हमाल, गङ्गाप्रसाद उप्रेती, तिलविक्रम नेम्वाङ (वैरागी काइला) नन्दकृष्ण जोशी, उन्नती बोहरा (शिला), चन्द्र ढकाल, पशुपति मुरारका, प्रा. श्रीमती भूषण श्रेष्ठ, नरबहादुर कंडेल, एकनारायण अर्याल, डा. पेमनारायण कंडेल, कृष्णहरि पुस्कर, लीलादेवी गडतीला र कुलमान घिसिङ् रहनुभएको छ । 

त्यसैगरी संस्कृतिविद् डा. जगमान गुरुङ्लाई सुप्रसिद्ध प्रबल जनसेवाश्री र टेकबहादुर मोक्तान, इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर ज.ब.राणा, स्व.भागवत यादव, स्व. मेघराज उपाध्याय, स्व. सरदार भीमबहादुर पाण्डे, सूर्यप्रसाद सुवेदी, स्व. ठाकुरप्रसाद बगाना, स्व. हरिभक्त वली, स्व. प्रभाकरशमसेर जबरा, स्व. काशीप्रसाद श्रीवास्तव र सिगेरु सुगानामीलाई प्रसिद्ध प्रबल जनसेवाश्रीबाट सम्मानित गर्ने घोषणा गर्नुभएको छ । 

त्यसैगरी पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । राष्ट्र गौरवबाट राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने [आश्रित], मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गर्ने घोषणा भएको छ । 

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार उहाँहरुसँगै संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरुसहित विभिन्न ९९८ जना महानुभावहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …