तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमाकान्त अर्याल वालिङ, स्याङ्जा

म आँधीखोलाको मान्छे, ‘आँधी खोला उर्लेर आयो, आउने दिन मायाले वोलायो’गीत सुनेपछि रोमान्चित भएजस्तै वेलुकाको ४।५ वज्यो कि फल्चाले वोलाएको भान हुन्छ र नियमित त्यहाँ जान र वसेर शहरी परिवेस हेर्न मनलाग्छ । द्विविधा नरहोस फल्चा भन्ने कुनै मायालु चाँही होइनन है ! संयोगले गत डेढ महिना देखि छोराछोरीहरु संग कीर्तिपुरको ढाल्पा भन्ने ठाउँमा संगै वसेको छु ।

दिनको एकाध पटक छरछिमेकमा भेटघाट गफगाफ गर्ने वा एकछिन वरपर टहलिन नपाए सम्म हामी कसैको मन र शरीर ताजा र हलुङ्रगो रहदैन, अझ धेरै समय जमघट र भिडका वीच जीवन विताउनेहरुका लागि त घरभित्रै वसिरहन पर्ने हो भने त निस्सासिएझै लाग्छ ।

फल्चा भनेको धार्मिक तीर्थस्थल, मठमन्दिर, गाउँटोल व्यापारिक स्थल, वाटाघाटोको दोवाटो चौवाटोेमा वनेको विश्राम स्थल हो, जसलाई हामीले पाटी पौवा वा सत्तल भनेर वुझिन्छ । यही पाटीलाई नेवारी भाषामा फल्चा भनिन्छ । तला नछापिएको, तीनतिरै खुला भएको र वस्ने भुइमा काठका फल्याक टासिनुका साथ आड लाग्न भित्ता तर्फ पनि २ फुट जति नै फल्याक टासिएका, नेवारी वास्तु सीप झल्किने, खाँवाहरुमा कलात्मक वुट्रटा कोरिएका,आँखिझ्रयाल समेत जडित, चारैतर्फ रातो कपडाको झल्लरले वेरिएका पाटीलाई फल्चा भनिन्छ र यस्तै तर २ तले पाटीलाई सत्तल भनिन्छ ।

हाम्रा पुर्वजहरुले धर्मकर्म तथा पुण्य आर्जन गर्न र कीर्ति राख्नको लागि पाटी, पौवा, सत्तल धर्मशाला, देवालय तथा धारा पधेराहरु नेपालमा लिच्छवि काल देखि नै वनाउदै आएको पाइन्छ । तर हाल रहे वचेका धेरै पाटी पौवाहरु भने मल्ल काल देखि राणाकाल सम्ममा निर्मित भएका हुन् । काठमान्डौ उपत्यका वाहिर भएका पुराना पाटी पौवाहरु भने धेरैजसो नाशिइ सकेका छनभने केहीको मौलिक शैलीलाई विगारेर ्त्यही ठाउँमा सिमेन्ट छडका विश्रामस्थल तथा प्रतीक्षालय वनेका छन् ।

काठमान्डौ भक्तपुर र ललितपुर नगरपालिकाहरुले पुराना पाटी पौवाको मौलिक ढाँचालाई कायम गरि पुनर्निर्माण तथा संरक्षण गर्ने अभियानमा लागेका छन् । सहरका कुनाकुनामा पुननिर्मीत ती फल्चाहरु हेर्दा यति सुन्दर देखिन्छन कि वसौवसौं र फोटो खिचौं खिचौ लाग्छ । फल्चाले सहरको कला संस्कृति र सामाजिकताको प्रदर्शन गरिरहेको हुन्छ । यसले उपत्यकाको एतिहासिक कला र सम्वृद्दिको कथा वताइरहेको भान हुन्छ । यही फल्चामा समय बिताउन वस्ने स्थानीय वुढापाकाहरु संग संगै वसेर यो चोक गल्ली र यहाँ भएका मन्दिर पोखरी ताल र संस्कृतिका कुरा जान्न खोज्नु भयो भने कति खुसी मानेर वताउने गर्नु हुन्छ ।

हामीले उपत्यकाको धनी संस्कृति पढेर सुनेर केही केही जानेका छौ तर उनीहरु त्यही धनीसंस्कृतिमा हुर्कदै आएका छन् । उनीहरुको जीवन, व्यवहार, वुझाइ र चेतनाको स्तर पनि राजधानी स्तरकै छ । सायद हामीले उनीहरुको मनको धनी अवस्थालाई भेट्रन सक्दैनौं । उनीहरु सत्तल फल्चा वनाउने ठाउँलाई कहिल्यै मिच्न खोज्दैनन वरु एकाध हात थप जग्गा आँफ्रनै छोडिदिन्छन । कतिपयले आँफ्रना घरको भित्तामा जोडेर एक पाखे पाटी वनाएका हुदारहेछन । २। ४ दिनको संगत र फल्चाको आकर्षणले म दैनिक जस्तो ती ठाउँमा पुग्ने गर्दछु, अझ कीर्तिपुरको डाडामा अवस्थित कीर्तिपुर सहरमा पुग्दा सन्सारकै सवैभन्दा धनी र साँस्कृतिक सहरमा पुगेकोछु भन्ने भान हुन्छ ।

म वसेको ठाउँ ढाल्पाबाट ५०० मि.जति उत्तर गएपछि खासी वजार छ जो कीतिपुर डाडाको पुरानो सहरको दक्षिण तर्फको फेदमा छ । यो पनि पुरानो वजार र वस्ति हो । यहीँ ३ वटा तालहरु छन र माझको तालको उत्तरी पेटीमा नै ३ । ४ वटा कलात्मक ३ कवल भएका ८ खम्वा वाला फल्चाहरु छन् । पश्चिम तर्फ अर्को पोखरी छ र यसको पश्चीम तर्फ २ तले मनदह नामको १६ खम्वे पाटी छ, यो चारै तफै खुला छ र हेरक मोहडामा ३ वटा कवल छ ।

प्राय यस्ता पाटीहरु धेरै जसो तला नछापिएका एक पाखे अगि ३ खाँवा र पछाडि पट्टि ३ खावा भएका करिव १२ फिट इन्टु ६ फिटका २ कवलका ३ तिर खुलेका हुन्छन । यी पाटीहरुको नजिक पानीका धारा तथा कहीँ गणेशको मुर्ती भएका त कतै शिवलिंग भएका साना मन्दिर हन्छन । कुनै ठुला पाटी भित्रै पनि देवी देवताका मुर्ति रहेका छन् । कीर्तिपुर न.पा भित्रका सवै पुराना वस्तीमा यस्ता पाटी छन र सवै गरी २५। ३० वटा होलान । यी मध्ये केही सत्तल र पाटीका टुडाल तथा खम्वामा यौन जन्य आशन र व्यवहारका चित्र पनि कुदिएका हुन्छन तर कीर्तिपुरका पाटीमा यो त्यति देखिदैन ।

अघि पुर्वजहरुले वनाएका यी पाटीहरु अहिले हाम्रा लागि धार्मिक सामाजीक सांस्कृतिक विरासत जोगाउने धरोहर भएका छन् । गाउँटोलमा विहान वेलुका आँफ्ना सुखदुखका कुरा विसाउन होस वा घरमा एक्लै वस्दा दिक्क भएका जेष्ठ नागरिकहरुलाई त यो पाटी समय विताउन वर्दान नै भएको छ । आजकल सवैका घर आँगन सानो हुदैछ त्यसैले धेरै मानिस जुटेर भोजभतेर विवाह व्रतवन्ध जस्ता संस्कार गर्न घरमा मिल्दैन त्यसको लागि पनि पाटिको उपयोग हुन्छ ।

उपत्यकाका धेरै सत्तल पाटीहरुमा विहान वेलुका भजन किर्तन गरेको पाइन्छ र यसले पुरानो संस्कृति र परम्परा वचाउन पनि मद्रत गरेको छ । गाउँटोलको ससानो भेला छलफल होस वा कचहरीको लागि पनि फल्चाको महत्व रही आएको छ ।
यति धेरै महत्व रहेको पुराना पाटी पौवा तथा सत्तलहरु वचाउन सकिने अवस्था हुदा हुदै पनि वाटोघाटो निर्माण तथा अन्य सार्वजनिक निर्माण गर्ने क्रममा विनाश भैरहेको तथा कुनै संरक्षणको नाममा पुरानो शैली र वास्तुकलालाई नाशेर सिमेन्ट छडको पाटी पौवा वनाउने काम पनि भैरहेको छ ।

हाम्रो अपनत्व र स्वाभिमान जगाउने मौलिक कला र शैलीले युक्त यस्ता राष्ट्रिय धरोहरहरुका रुपमा रहेका पाटी पौवा र फल्चा जोगाउनु हामी सवैको कर्तव्य हो । काठमान्डौ उपत्यकामा यसलाई जोगाउने जन चेतना जागिरहेको छ र वाँकी ठाउँहरुमा पनि जोगाउने संरक्षण गर्ने अभियान सन्चालन होस, सरोकार वाला सवैको ध्यान जाओस ।

कीर्तिपुर नपा भित्रका केही सुन्दर  चित्रहरु:

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …