तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मानव जीवन सुखी तथा सहज बनाउन वैज्ञानिक खोज अनुसन्धान हुँदै आएको बताउनुभएको छ ।

शनिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १०औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले मुलुकमा आधुनिक विज्ञान शिक्षाको सुरुआत भएको धेरै लामो समय नभए पनि यस क्षेत्रको केही विकास भइरहेको बताउनुभयो ।

विज्ञान, प्रविधिको विकास, वैज्ञानिक जनशक्ति उत्पादन, नवीनतम आविष्कार र उनीहरुको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले भन्नुभयो, “देशको विकास र समृद्धिका लागि महत्त्वपूर्ण रहेको विज्ञानका क्षेत्रमा गरिने नयाँ आविष्कारले ठूलो रोजगारी सिर्जना गदर्छ ।”

प्रधानमन्त्री देउवाले डिजिटल अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिँदै वैज्ञानिक जनशक्तिलाई अनुसन्धानको व्यवस्थापन तथा प्रतिभाको संरक्षण गर्ने नीति सरकारको रहेको त्यसका लागि निजी क्षेत्रको सहयोगको अपेक्षा गर्नुभयो ।

यस क्षेत्रलाई फराकिलो बनाउन स्वदेशी तथा विदेशी लगानीको खाँचो औँल्याउनुहुँदै प्रधानमन्त्री देउवाले विज्ञान शिक्षाको विकास गर्न गाउँदेखि नै उचित वातावरण तयार पार्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको समय सूचना र प्रविधिको भएकाले त्यस क्षेत्रमा कार्य गर्नुपर्ने बताउँदै विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रूपमा क्रियाशील गराइने विश्वास व्यक्त गर्नुभयो ।

राज्यमन्त्री बोधमाया कुमारी यादवले दिवसको सफलताको शुभकामना व्यक्त गर्दै देशको दिगो विकासका लागि विज्ञान शिक्षाको खाँचो औँल्याउनुभयो । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कूल गार्हस्थ्य उत्पादनको एक प्रतिशत वैज्ञानिक खोज अनुसन्धानमा लगानी गर्नुपर्ने बताउँदै यस क्षेत्रमा हामी कहाँ छौँ र कहाँसम्मको गन्तव्य हो त्यसको पहिचान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले वैज्ञानिक उत्पादन तथा आविष्कारका लागि आवश्यक अनुसन्धानका क्षेत्रमा लगानी न्यून भएकाले त्यसलाई वृद्धि गर्नुपर्ने बताउनुभयो । सो अवसरमा विज्ञान शिक्षाका विभिन्न सङ्कायका क्षेत्रमा क्रियाशील व्यक्तिलाई पुरस्कृत गरिएको थियो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …