तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रुषा थापा

काठमाडौं । स्थानीय निर्वाचनमा काठमाडौँबासीहरुले काठमाडौँबाट स्वतन्त्र उम्मेदवारका रुपमा उठेका बालेन्द्र साहलाई ६३ हजार १सय ६७ मत दिएर मेयर पदमा विजय गराएका थिए । काठमाडौँका जनताले स्वतन्त्रका उम्मेदवार बालेन्द्र साहलाई मत दिएर मेयर बनाउँछन् भन्ने कुरा कुनै जिल्लाका जनताले सोचेका थिएनन् । काठमाडौँ त्यस्तो ठाउँ हो जहाँ ४० वर्षसम्म एमाले र काँग्रेसले राजनिति गर्दै वा चुनाव जित्दै आएका थिए ।

तर यिनीहरुले काठमाडौँबासीका लागि एउटा सिन्को पनि भाचेँनन् र केही पनि काम गरेनन् । अब एमाले र काग्रेँसलाई जिताएर काठमाडौँ विकसित हुदैँन भनेर थाहा पाएपछि काठमाडौँबासीले स्वतन्त्र उम्मेदवारलाई जिताए । उनलाई मेयर पदमा जिताएसँगै उनको अहिलेको काम देखेर काठमाडौँबासीहरु समेत चखित भएका छन् । काठमाडौँका जनताहरु शिक्षित रहेकाले उनीहरुले काम गर्न सक्ने र विश्वासनीय उम्मेदवारलाई मत दिए र आज उनीहरु अब काठमाडाौको मुहार फेरिन्छ भन्ने कुरामा विश्वास भइसकेका छन् 

पछिल्लो समय मेयर बालेन मेयर पदमा जितेपश्चात् एमाले र काँग्रेसले उनलाई असफल बनाउन फोहोरमाथि राजनिति गरे । तर बालेन निराशा नभइ एमाले र काँग्रेसको कोठे राजनितीलाई चिर्दै काठमाडौँको फोहोर उठाएर बन्चरेडाँडामा फाल्न पनि सफल भए र अहिले यी पार्टीहरुले गर्न नसकेको काम पनि गरे ।

अहिले काठमाडौँबासीहरुले बालेनको काममा साथ दिए र बालेनको खुट्टा तान्ने र काममा अवरोध गर्ने यी पार्टीहरुलाई पनिे पाखा लगाए । जनताको अगाडी राजनितिक दलको केही लाग्दैँन भन्ने उदाहरण समेत काठमाडौँबासीले दिइसकेका छन् । अहिले बालेनको विरोध गर्ने व्यक्तिलाई जवाफ बालेनले दिनुपर्दैन उनीहरुलाई बालेनलाई भोट दिने जनताले नै दिन्छन् ।

जनता र राष्ट्रको हितमा काम गप्यो भने विरोधीलाई असफल बनाउन जनताले यसरी साथ दिँदा रहेछन् भनेर अहिले हामी सजिलैसँग देख्न सक्छौँ । बुढोपाकाले भन्ने गर्थे १२ वर्षमा खोला फर्किन्छ । यत्रो वर्षसम्म अस्तव्यस्त रहेको काठमाडौँ अब व्यवस्थित हुन्छ भन्ने कुरा जनताको मनमा अहिले परेको छ ।

२०७५ सालको चुनावमा एमालेबाट काठमाडौँमा मेयर पद विद्यासुन्दर साक्याले जितेका थिए । काठमाडौँ जिल्ला एमाले र काँग्रेसको टक्कर रहेको जिल्ला हो । एमाले वा काँग्रेसको उम्मेदवार जित्नुको साटोमा काठमाडौँमा यसपालि यहाँका बासिन्दाहरुले स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलाई जिताए । बालेनलाई भोट दिएरलाई चुनाव जिताउने जनताहरु अहिले उनको काम देखेर खुशीले गदगद भइरहेका छन् ।

बालेनले गरेको काम देखेर यसपालि हामीले दिएको भोट खेर गएन भनेर अहिले यँहाका जनताहरु भन्छन् । पछिल्लो समय बच्चादेखि बुढोसमेत बालेनको काम देखेर उनको नै गुनगान गाउने गर्छन् । सार्वजनिक जग्गा कब्जा गरेर फुटपाथमा पसल राख्ने ,सरकारी जग्गा, गुठीका जग्गा, मठमन्दिरका जग्गाहरु कब्जा गर्नेहरु र घर बनाउँदा अण्डरग्रण्डर पार्किङ्ग भनेर नक्सा पास गर्ने र राज्यलाई पनि राजस्व नतिर्नेहरुलाई बालेनले अनुगमन गर्दै कारबाही गर्दै आइरहेका छन् ।

साथै दुई तल्ले घरको नक्सा पास गरेर पाँच तल्ले घर बनाउने वा नक्सा नै पास नगरी निजी घर तथा सरकारी अफिसहरु बनाउने , दर्ताबिना नै व्यापारव्यवसाय गर्ने, सार्वजनिक जग्गा मिचेर घरको पर्खाल बनाउने , विश्वसम्पदा सूचीमा परेका मठमन्दिरको अगाडि ९ तल्ले घर बनाउने , सार्वजनिक जग्गा दुपयोग गर्ने वा सरकारी जग्गाहरु मिलोमित्तोमा कब्जा गर्ने वा आफ्नो नाममा नामसरी गर्नेहरुलाई पनि उनले अनुगमन गर्दे हटाउँदै आइरहेका छन् 

त्यस्तै यता सरकारी अफिस वा निजी अफिसहरु बहालमा लगाउने तर घरबहाल कर नतिर्ने वा व्यवसाय गरेर नगरपालिकालाई कर नतिर्नेलाई पनि उनले चेतावनी दिँदै आइरहेका छन् । काठमाडाौमा ७७ ओटै जिल्लाका मानिसहरु बस्छन् र यहाँ नै फुटपाथमा पसल राखेर व्यापार गर्छन् । फुटपाथमा पसल राख्दा भाडा पनि तिनुपर्ने र राज्यलाई पनि कर नतिर्ने पर्ने भएकाले उनीहरुले फुटपाथमा पसल राखेर सहर नै अस्तव्यस्त बनाउँदै आइरहेका छन् । त्यसलाई हटाउन वा पैदलयात्रीलाई सहज गराउन मेयर साहले पछिल्लो समय फुटपाथमा पसल राख्नेहरुलाई हटाउन विभिन्न पहल गर्दै आएका छन् ।

अब फुटपाथमा व्यापार गर्न दिनुहुदैँन र सटर लिएर व्यापार गर्ने गर्नुपर्छ । बाटाको दायाँ, बायाँ वा सरकारी जग्गा भएको  ठाउँमा सवारीसाधन पार्किङ्ग गराएर विभिन्न क्लबहरुले पैसा उठाएर खाने गर्छन् । पसलेहरु पनि सटरबाहिर सामानहरु राख्ने , घरधनीहरुले आकाशबाट परेको पानी वा छतको पानी बाटामा फाल्ने गर्छन् भने यता डिजिटल होटिङ् बोर्डहरु र बाटामा मागेर खाने मानिसहरु पनि यहाँ पाइलैपिछे भेटिन्छन् ।

अब मेयर साहले यी सबैलाई हटाउनुपर्छ र व्यवस्थित सहरको स्थापना गर्नुपर्छ । साथै आफ्नो घरको वरपर आफैँ सफा गर्ने भनेर नीति नियम बनाउनुपर्छ ।

२०७५ सालको उपमेयर, मेयर र वडाध्यक्षहरुले सरकारको मापदण्डभित्र नबनेका घरहरुलाई पनि आर्थिक लेनदेन गरेर घरसम्पन्नताको प्रमाणपत्र दिने गर्थे । कति घरधनीहरुका अनुसार त १ लाखदेखि १४ लाख पैसा दिएर पनि घरसम्पन्नताको प्रमाणपत्र लिएका छौँ ।यहाँका घरधनीहरु घर भाडामा लगाएर एक महिनामा ४० हजारदेखि ३ करोडसम्म उठाउने गर्छन् तर राज्यलाई घरबहाल कर तिर्देनन् । साथै एउटा घर बनाउन घरजग्गा गरेर १ करोडदेखि ४० करोडसम्म लगानी गर्ने तर राज्यलाई त्यो लगानीको पनि कर नतिर्ने  । एक पटक घर बनाएपछि त्यो घरको ६/६ महिनामा पनि प्राधिकरण चेक नगर्ने । काठमाडौँमा सँगै जोडिएको घर एउटा ३ तल्ले हुन्छ भने अर्को १८ तल्लेसमेत हुने गर्छ 

भत्किन लागेका घरहरु पनि महंगो भाडामा लगाएको छ । काठमाडौँका खोलाहरु सबै व्यक्तिले कब्जा गरेर खोलामाथि घर बनाइसकेका छन् । काठमाडौँमा लाखौँ सरकारी वा गुठीका जग्गाहरु थिए तर त्योपनि अहिले सबै व्यक्तिको नाममा गएकाले त्यसलाई फिर्ता लिन र खोला मिचेर बनेका घर हटाउन साहले पछिल्लो समय धेरै प्रयास गर्दै आइरहेका छन् ।

साथै यस्तो अस्तव्यस्त रहेको सहरलाई व्यवस्थित बनाउन पनि उनले काम गर्दै आइरहेका छन् । काठमाडौँमा एउटै संस्था वा व्यक्तिले लाखदेखि अर्बसम्म नगरपालिकालाई तिनुपर्ने कर छलेका छन् । यिनीहरुले २० वर्षदेखि व्यवसाय गर्दै आएका छन् तर नगरपालिकालाई कर भने तिरेका छैनन् । अहिले यी सबैको अनुगमन गर्दै साहले यस्ता व्यवसायीहरुलाई राजस्व तिर्न पनि चेतावनी दिएका छन् ।

काठमाडौँका जनताले बालेन्द्र साहलाई मेयर न बनाए तर उनले काम गर्न सक्छन् कि सक्दैँनन् भन्नेमा उनीहरु चिन्तित थिए । तर अहिले बालेनले गरेको काम देखेर काठमाडौँबासीको मात्र ध्यान उनीप्रति नगइ देशैभरिका जनताको ध्यान उनीप्रति नै गइरहेको छ । पछिल्लो समय बालेनको काम देखेर विभिन्न जिल्लाका मेयरहरुले पनि उनको सिको सिकेर काम गर्न लागिरहेका छन् ।

एमाले र काँग्रेसलाई भोट दिने जनताहरु पनि बालेनको काम देखेर अहिले खुशी भएका छन् । अहिले सार्वजनिक सवारीसाधन वा चौतराहरुमा पनि बालेनको गरेको कामका बारेमा नै चर्चा हुने गर्छ । बालेनको काम देखेर जलेका महेश बस्नेतले बालेनको विरोध गरेपनि बालेनले काम गर्न छोडेनन् र उनलाई काठमाडौँका जनताले जवाफ पनि फर्काए 

भक्तपुरका जनताले बालेनलाई भोट दिएर चुनाव नजिताएको र हामी काठ्माडौँबासीले बालेनलाई भोट दिएर जिताएका हौँ भन्दै उनीहरु महेश बस्नेतप्रति आक्रोश बनेका थिए । साथै साहले गरेको काम हाम्रो लागि राम्रो छ र उनको विरोधमा केही बोलेमा वा गरेमा हामी काठमाडौँबासीहरु सडकमा उत्र्रिन्छौँ भन्ने बित्तिकै साहका विरोधीहरु दुलोभित्र छिरे 

जनताले राम्रो नेता चुनेर भोट दियो भने आफ्नो भोटको पनि सदुपयोग हुने, आफनो पनि नाम आउने र ठाउँको पनि विकास हुने भनेर अहिले बालेनबाट सावित भइसकेको छ । अहिले बालेनको काम देशैभरि वा बाहिर देशमा समेत प्रचारप्रसार भइरहेको छ । साथै अहिले बालेनलाई साथ दिनका लागि बालेन अघिअघि र काठमाडौँबासी पछिपछि लोगेका छन् । साथै महानगरका प्रहरीले पनि काम गरेको देख्दा काठमाडौँबासीहरु खुशी भएका छन् तर अरु महानगरका प्रहरीहरु भने के हेरेर बस्छन् ।

अरु नगरपालिकाका मेयरहरु तलबभत्ता खाने, सरकारी गाडी चढ्ने, व्यापारीहरुसँग कमिशन खाने, राज्यले लिनुपर्ने कर पनि नउठाउने र फुटपाथ व्यवसायी पनि नहटाउने । एउटा उदाहरण नै भन्दा भक्तपुरको सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले न सरकारी जग्गा, गुठीका जग्गा खोजेका छन् र न भएकालाई नै संरक्षण गरेका छन् । सूर्यविनायक नगरपालिकाभित्र १० ओटा वडा छन् । यी वडाहरुभित्र रहेका सरकारीजग्गा, गुठीका जग्गा, पार्टीपौवाका जग्गाहरु सबै व्यक्तिको नाममा गइसकेका छ ।

खेतीयोग्य जमिनमा रातारात डोजर लगाएर खण्डीकरण गरेर बेचिरहेको छ र फुटपाथमा पसल र पार्किङ्ग गर्न दिएर हिडन सकिदैँनन् । यहाँ व्यापारव्यवसाय गर्नेहरुले न दर्ता नै गरेका छन् न घरधनीहरुले घरबहाल कर नै तिरेका छन् । साथै यहाँका घरधनीहरु बताउँछन्, यहाँ घरसम्पन्नताको प्रमाणपत्र लिन वडाध्यक्षको आफन्त वा एमाले वा काँग्रेसको कार्यकर्ता हुनुपर्छ वा वडाध्यक्ष, मेयरलाई पैसा दिनुपर्छ ।यहाँ १ लाखदेखि १० लाखसम्म खर्च गरेर घरसम्पन्नताको प्रमाणपत्र ल्याएको कुरा पनि सुनिन्छ । सरकारको मापदण्डभित्र नबनेका घरहरुलाई आर्थिक लेनदेन र भनसुनका आधारमा घरसम्पन्नताको प्रमाणपत्र दिनुचाहिँ गलत काम होइन र 

 

सूर्यविनायक नगरपालिकाभित्र बनेका घरहरुको कतिको नक्सा नै छैन र कतिको २ तल्ले नक्सा पास छ भने ४ तल्ले घर बनाएको छ तर अनुगमन शून्य छ । अहिलेपनि यस नगरपालिकाले खेतीयोग्य जमिनमा घर बनाउनका लागि नक्सा पास गरिरहेको छ । साथै यहाँका नगरप्रहरीहरु पनि फुटपाथ व्यवसायी र पार्किङ्ग हटाउन जादैँनन् यिनीहरु जनताले तिरेको करबाट तलबभत्ता खान्छन् र घाम तापेर बस्छन् ।

भक्तपुर जिल्ला उपत्यकाभित्र रहेको जिल्ला हो तर विकास हेप्यो भने जुम्लाको भन्दा नाजुक छ । अहिले भक्तपुर वा सूर्यविनायक नगरपालिकाका जनताहरु हामीले काम गर्न नसक्ने मेयरलाई भोट दिएर जितायौँ भनेर पछताव गर्छन् । ललितपुर महानगरपालिकाले पनि फुटपाथ वा सरकारी जग्गा कब्जा गर्नेहरुलाई हटाउन सूचना जारी गरेर हटाउन थालिसकेको छ र अरु नगरपालिकाले पनि फुटपाथ र सार्वजनिक सम्पत्ति अधिकरण गर्नेललाई हटाउने भनेर काम सुरु गरिसकेको छ तर भक्तपुर सूर्यविनायक नगरपालिका र अरु नगरपालिकाहरुले भने काम नगर्दा जनताहरु हामीले कस्तो व्यक्तिलाई भोट दिएर मेयर र वडाध्यक्ष बनाएछौँ भनेर भन्छन् ।

भक्तपुर र अरु जिल्लाका जनताहरु हामीले दिएको मतको सदुपयोग भएन भनेर आक्रोश भइरहेका छन् । उनीहरु अहिले काठमाडौँका मेयर बालेन जस्तो हुनुपर्छ भनेर भन्छन् । राष्ट्र र जनताको हितमा काम गर्न नसक्ने नेताहरु दायाँबायाँ सुरक्षाकर्मीहरु राखेर हिडछन् तर काठमाडौँका मेयर बालेन एक्लै जनता र राष्ट्रको काम गर्न हिडछन् । यसबाट जनता र राष्ट्रको हितमा काम गर्ने मानिसलाई सुरक्षाकर्मी चाहिँदैन भनेर बुझिन्छ ।  

अबको ४ वर्षमा काठमाडौँको मुख नै फेरिन्छ भनेर काठमाडौँबासीले त थाहा पाइसकेका छन् भने बाहिरी जिल्लाका मानिसहरु पनि अब काठमाडौँ कस्तो हुन्छ भनेर सोच्नमा नै मग्न छन् । काठमाडौँ सुन्दर र व्यवस्थित सहर बनेमा ढिलो भएपनि त्यो सिकोले ललितपुर र भक्तपुर पनि फेरेला । काठमाडौँका मेयर बालेनले अब काठमाडौँ व्यवस्थित, सुन्दर र सफा बनाउँछन् भन्ने कुरा काठमाडौँबासीको मनमा परेको छ ।  

अब नगरपालिकालाई कर नतिर्ने व्यवसायीहरुको दर्ता खारेज गर्नुपर्छ र उनीहरुको चलअचल सम्पत्तिबाट नगरपालिकाले कर उठाउनुपर्छ । साथै सरकारी जग्गा, गुठीका जग्गाहरु व्यक्तिको नाममा गएको सबै फिर्ता गर्नुपर्छ । पानी खाने ढुंगेधाराहरु फेरि पनि स्थापना गर्नुपर्छ । घरधनी वा व्यवसायीहरुले शैचालय प्रयोग गर्न नदिएमा उनीहरुलाई कारबाही गर्नुपर्छ । अब महानगरपालिकाका मेयर कुनै व्यापारी वा दलालीहरुसँग डराउनु हुदैँन र राजनितिक दबाबका कारण पछि हट्नु हुदैँन । फुटपाथमा पसल राख्ने मानिसहरु आफ्नो जिल्लामा नै गएर व्यापारव्यवसायीहरु गर्नुपर्छ । यसरी जताततै व्यापार गरेर सहर अस्तव्यस्त गर्न पाइदैँन ।

अबदेखि काठमाडौँमा सटरलिएर व्यवसायी गर्ने मानिस बस्ने र सटरलिएर व्यवसाय गर्न नसक्नेहरु आफ्नो जिल्लामा गएर व्यवसाय गर्ने गर्नुपर्छ । अब बालेनले फुटपाथ व्यवसायी हटाउनु नै पर्छ र काठमाडौँबासीहरुले पनि यसप्रति उनको साथ दिनुपर्छ ।काठमाडौँमा रहेको अस्तव्यस्त ट्राफिक जामलाई पनि कम गर्ने र एउटै घरमा रहेको १० ओटा बोर्डहरु पनि हटाउनुपर्छ । काठमाडौँमा आकाशे पुल र जेब्राक्रसको पनि निर्माण गर्न आवश्यक रहेको छ ।  

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …