तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार गर्नुअघि महारानी एलिजाबेथ द्वितीयाको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ।

उक्त समयमा सर्वसाधारण मानिसहरूलाई शवपेटिका हेर्न दिइने भएको छ।त्यसअघि सेन्ट जाइल्स् कथीड्रल एडिन्बरामा महारानीको शव सोमवारबाट २४ घण्टाका लागि राखिनेछ। त्यहाँ आएर मानिसहरूले महारानीप्रति सम्मान व्यक्त गर्न सक्नेछन्।

महारानीको राजकीय अन्तिम संस्कारमा उनको परिवार, राजनीतिक नेता र विश्वनेताहरू ब्रिटेनको समयानुसार सेप्टेम्बर १९ को दिन ११ बजे हुने सहभागी हुनेछन्। उक्त दिनलाई ब्याङ्क होलिडे (सार्वजनिक बिदा) घोषणा गरिएको छ।

त्यसको भोलिपल्ट महारानीको शव लन्डन ल्याइँदा उनकी छोरी राजकुमारी एनसँगै हुनेछिन्। एडिन्बरा विमानस्थलबाट महारानीको शवपेटिका बकिङ्गम प्यालेस लगिनेछ।

बुधवार अपराह्ण स्थानीय समयानुसार ३ बजे त्यसलाई वेस्टमिन्स्टर हलमा पुर्‍याइनेछ। त्यसपछि अन्तिम संस्कारअघि बिहिवारबाट चार दिन राजकीय सम्मानसाथ शवलाई राखिनेछ।

राजकीय अन्तिम संस्कार सेप्टेम्बर १९ को दिन ११ बजे हुनेछ र त्यस बेला विन्ड्सर कासलसम्म शवयात्रा हुनेछ। महारानीको अन्तिम संस्कार विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुनेछ।बीबीसी

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …