काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध दर्ता भएको किशाेरी बलात्कारसम्बन्धी उजूरीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। बलात्कारसम्बन्धी उजुरीमाथि प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले संयुक्तरुपमा अनुसन्धान सुरु गरेको हो।
प्रहरीले उजूरीमा उल्लेख गरिएको होटलका सीसीटीभी फुटेजको समेत अनुसन्धान गर्ने प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो।
मैनालीका अनुसार लामिछानेमाथि किशाेरीमाथि बलात्कार गरेको आरोपमा प्रहरी वृत्त गौशालामा उजूरी दर्ता भएको हो। ‘लामिछानेविरुद्ध परेको उजुरीमाथि हामीले अनुसन्धान सुरु गरेका छौँ, यो सूक्ष्मरुपमा गर्नुपर्ने अनुसन्धान भएकाले अहिले नै धेरै कुरा भन्न मिल्दैन’, प्रवक्ता मैनालीले भन्नुभयो, ‘अहिले धेरै काम गर्न बाँकी छ।’
उजूरीमा स्याङ्जाको आरुचौर गाउँपालिका स्थायी घर भएर काठमाडौं बूढानीलकण्ठ बस्ने लामिछानेले भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न होटलमा पीडितलाई लगेको उल्लेख छ। होटलमा लगेर भदौ ६ गते राति पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ।
लामिछानेविरुद्ध उजूरी दर्ता भएपछि पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर) मा लगेर स्वास्थ्य परीक्षण गराएको प्रहरीले बताएको छ।
भदौ २१ गते प्रहरी वृत्त गौशालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले भदौ ५ गते भक्तपुरका विभिन्न स्थानमा घुमाएर काठमाडौं ल्याएर रातको २३ः ५५ बजे काठमाडौं–९ स्थित एक होटलको कोठा नं. ३०५ मा भदौ ६ गते रातिको १२ः२५ बजे पटक पटक जबर्जस्ती गरेको छ।
सीसीटीभी फुटेज खोज्दै प्रहरी
कप्तान लामिछानेमाथि लागेको बलात्कार आरोपको अनुसन्धानको क्रममा प्रहरीले थप प्रमाण खोज्न थालेको छ। उजूरीमा नाम उल्लेख गरिएका होटलका सीसीटीभी फुटेज चेक गर्ने जनाएको छ।
पीडितको तर्फबाट परेको जाहेरीमा उल्लेख भएको होटलको सीसीटीभी फुटेजमा होटलमा गएको भनिएको समयमा दुवै जना होटलभित्र प्रवेश गरेको र चेक आउट भएको फेला पर्ने नपर्ने कुराको अनुसन्धान गर्न सीसीटीभी फुटेज चेक हुन्छ’, प्रवक्ता मैनालीले भन्नुभयो, ‘अनुसन्धान गर्न होटलको सीसीटीभी फुटेज चेक गर्छौ, अनुसन्धानमा कुनै कसर बाँकी रहने छैन।’ सबै प्रमाण संकलन गरेपछि मात्र आरोपको विषयमा प्रहरीले बोल्न सक्ने उहाँको भनाइ छ।
सन् २०१६ देखि नेपाली राष्ट्रिय टोलीमा खेल्दै आउनुभएका लामिछाने चर्चित इन्डियन प्रिमियर लिग, बिग बास लिग जस्ता अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आउनुभएको छ । यसै वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तान बन्नुभएका लामिछाने विश्व चर्चित क्रिकेटर हुनुहुन्छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …