तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाली कांग्रेस खोटाङकी महिला नेतृ सपना राई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभा सदस्यको लागि खोटाङ क्षेत्र नम्बर २ बाट समानुपातिकमा उम्मेदवार सिफारिस भएकी छन् ।

गीत संगीत र साहित्यमा रुचि भएकी राई विभिन्न कार्यक्रमहरुमा सहभागी हुने र बिजेता हुने गर्थिन् कार्यक्रमहरुमा बाबा पार्टीको प्रतिनिधि भएर जानुहुन्थ्यो र मञ्चमा माईक समातेर भाषण गर्नुहुन्थ्यो र उनलाई पनि माईक दिएर बोल्न दिदा उनी भाषण भन्दा गित गाउन र गजल कविता भन्थिन् बाबाले मञ्चमा बोल्न सम्बोधन गर्न सिकाउनु हुन्थ्यो। उनी आफ्नो बाबाको राजनीतिक प्रति निक्कै झुकाव राख्थिन् आफ्नो बाबाको राजनीतिक प्रभाव पर्दै गएपछि बाबाको संगतले राजनिती तिर चासो बढ्न थाल्यो र कक्षा ९ मा पढ्दै गर्दा शान्ति मावि विद्यालय छोरम्बुको नेविसंघ ईकाई सचिवको जिम्मेवारि समालेकी थिईन् ।

उनले गाउँकै शान्ति मावि विद्यालयबाट +२ सकेर काठमाडौं सानोठिमि क्याम्पस गएकी सानोठिमिमा नेविसंघ एकदमै कमजोर खासै गतिविधि नभए पछि विभिन्न कारणले उनी पुन दिक्तेल क्याम्पस फर्किएर वि.एड पुरागरी किरात राई यायोख्खाको सदस्य हुँदै जिल्ला सह-सचिव भएर काम गरेकी उनले रेडियो रुपाकोट FM मा केही समय कार्यक्रम पनि चालाएकी थिईन् ।

दिक्तेल फर्किसकेपछि लगत्तै २०६९ फाल्गुनमा नेविसंघको जिल्ला जिल्ला अधिवेशन दिक्तेलबाट महाधिवेशन प्रतिनिधिमा आफ्नो प्रतिद्वन्द्वी लाई १७ मतमा थन्क्याउदै ७० मतले अगाडी आएका थिईन्। त्यसबेला नेविसंघमा लागेर हिड्ने महिलाहरु एकदम कम हुन्थे पैदल हिडेर सङठन गर्नु पर्ने भएकोले अरु महिला विद्यार्थीहरु संग अधिवेशनमा मात्र भेट हुन्थ्यो। उनी खोटाङको महिला नेता हरु भन्दा सपना राई निकै अबल छिन् ।


शिक्षक अभिभावक समितिको अध्यक्ष आफ्नै बाबा भएकोले स्कुलमा विद्यार्थी कम र स्कुलको आर्थिक अबस्था कमजोरी भएकोले आफ्नो विद्यार्थी बिशेस छुटको ब्यबस्था दिएर स्कुल भर्ना गर्ने देखी सहयोग गर्दै संघीय गणतन्त्र लोकतन्त्र स्थापना भएको पहिलो २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा दीप्रुङचुईचुम्मा गाउँपालिकाको उपाध्यक्षमा फराकिलो मत प्राप्त गरि निर्वाचित भई ५ बर्ष स्थानीय सरकारको रुपमा रहेर काम गरिसकेकी छिन् ।


उनका कार्यकालमा बिशेष गरि महिला, बालबालिका, जेष्टनागरिक, दलित लगाएत समाबेशी बर्गहरुलाई फोकस शिशुउ पोशण भत्ता, महिला उद्धम आय आर्जन, सिपमुलक तालिम, र जेस्टनागरिक सम्मन् निशुल्क यातायात सेवा, बुहारी हरुलाई शिक्षामा जोडदिन निशुल्क शिक्षा लगाएत थुप्रै काम भएको छ ।


यस्तै बृद्ध जेष्ठ नागरिक हरुलाई समान युवा हरुलाई प्रोत्साहन साना बालबालिका हरुलाई शिक्षा आर्जनको लागि कपि डठ र किताब बोक्ने झोला वितरण देखि भलिबल खेलाडि हरुलाई बल नेटको व्यवस्था गरेर युवालाई जाग्रित गरेकी छन ।

यस्तै मानव जातिलाई नै आक्रान्त पार्ने विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (Covid-19) को बेला उनले आफ्नो पालिकाको जनताको शुरक्षा गर्न आफु फिलमा हिडेर संक्रमित बिरामी हरुलाई उपचार गर्न हस्पिटल सम्म पुगेर उपचार गराउदै दिन दु:खी र अशक्त गरिबीहरुको अभिभावक बनेर काम गरिसकेकी छिन् ।


यस्तै यस् पटक प्रदेश प्रतिनिधि बनेर समग्र खोटाङको जनाताको निम्ति काम गर्न आफुले खोटाङ प्रदेश ख” देखि प्रदेश सदस्यको लागि समानुपातिकमा आफ्नो उम्मेदवार दिएकी हुन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …