तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

धनगढी। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनबीच भोलि सिट बाँडफाँटको टुङ्गो लाग्ने बताउनुभएको छ ।

प्रेस सेन्टर, नेपालले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले शीर्ष नेताहरू बसेर भोलि सिट बाँडफाँटलाई अन्तिम टुङ्गोमा लगाउने बताउनुभएको हो ।

‘सिट सङ्ख्या क्षेत्र र प्रदेशमा एकैचोटी टुङ्ग्याउने भनेर लागिपरेका छौँ’, उहाँले भन्नुभयो, ‘भोलिसम्म शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिने कुरा छ ।’ 

नेपाली कांग्रेसले प्रतिनिधिसभामा १०० सिट मागे पनि ८० को वरिपरिमा सकारात्मक रहेको उहाँको भनाइ छ । त्यस्तै, माओवादी केन्द्रले ६० सिटको दाबी गरेअनुसार वरिपरिमै सिट मिल्ने आफूले विश्वास गरेको उहाँले बताउनुभयो । 

यसैगरी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले २५ / २५ वटा सिट दाबी गरे पनि सबैलाई मिलाइने उहाँको भनाइ छ ।  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …