मलेसिया । नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले अगस्ट ३० तारिखका दिन नेपाली दूतावास संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
हालै सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको ५ औं अधिवेशनबाट चयन हुनुभएको अध्यक्ष विपिन राई लगायत नयाँ कार्यसमितिका पदाधिकारीहरुले मलेसिया स्थित नेपाली दुताबासको कार्यालयमा एक विशेष भेटघाट एवं छलफल कार्यक्रम सम्पन गरेका हो ।
सो अवसरमा अध्यक्ष राइले महासंघका गतिविधि र आगामी कार्यक्रमवारे छलफलगर्दै मलेसियामा रहेका नेपाली समुदायको व्यवस्थापनमा खेल्नुभएको भुमीका र प्रवासी नेपालीभाषी एकहुनुपर्नेमा जोड दिंदै सो का लागी आफुहरूले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रीय मंचमा आवाज वुलन्द पार्न आगामी दिनमा एक विशेष अभियानकासाथ लागीपर्ने बताउनुभयो ।
सो भेटघाट एवं छलफल कार्यक्रममा, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विपिन राई, वरिष्ठ उपाध्यक्ष पदमराज लिम्बू, सचिव इश्वर राई, सल्लाहकार एवम् समाजसेवी इन्द्रनारायण लिम्बू, र सदस्यीयहरु रामकुमार चाम्लिङ राई, यज्ञ कुमार राई, लगायतका उपस्थित रहेको थियो ।
त्यस्तै भेटघाट तथा परिचयात्मक कार्यक्रममा नेपाली राजदुतावास मलेसियाको तर्फबाट नेपाली दूतावासका कार्यबाहक राजदूत मोती बहादुर श्रीस, र नेपाल एम्बेस्सी मलेसियाका दुतीय सचिव प्रदिप कार्की उपस्थिती हुनुहुन्थ्यो ।
यसैगरी दुताबास नेपालीको लागि मलेसियाका कार्यबाहक राजदुत मोती बहादुर श्रीसले माहासंघले गरेको कार्य र कृयाशीलता सारा विश्वले नियालीरहेको र एक गर्व गर्नलायक भएकोमा आफु हर्षविभोर भएको कुरा प्रष्ट पार्दै नेपालको शीर उच्च राख्न प्रवासमा रहेका नेपालीहरू लागीपरेको र आगामी दिनमा सबैनेपालीभाषीहरू एक भै नेपाललाई चिनाउन लागिपर्नेमा जोड दिदै नयाँ कार्यसमितिका पदाधिकारी हरुलाई बधाई तथा शुभकामना दिनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले गत अगस्ट २१ तारिक आइतबार २८ आदिवासीको अवसर पारि आफ्नो ५ औं अधिवेसन सम्पन्न गरेको थियो ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …