तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रुषा थापा

काठमाडौं । हामी नेपालको महान् चाड दशैँ आइसक्यो तर यसपालिको दशैँ सेयर लगानीकर्ताहरुका लागि खल्लो बन्न पुगेको छ । सेयरको मूल्य घटे सँगै लगानीकर्ताले न सेयर धितो राखेर वित्तिय संस्थाबाट लिएको कर्जा तिर्नसकेका छन् न दशैँ मनाउनका लागि पैसा जुटाउन नै सकेका छन् । अहिले ४२ लाख सेयर लगानीकर्ताहरु सेयरको मूल्य घटेर वा डुबेर दशैँ मान्ने पैसा समेत नभएको भन्दै रुदैँ हिडिरहेका छन् । अहिलेपनि यिनीहरु बजारमा सेयरको मूल्य बढ्ला र सेयर बेचेर दशैँ मान्न आफ्नो गाउँघर जाउँला भनेर कुरिरहेका छन् ।

एकतिर ३ हजार कित्तामा किनेको एक कित्ता सेयर अहिले सय रुपैँयामा बिक्री हुदैँन अर्कोतिर ऋण लिएर त्यहीँ सेयर किनेको पैसा तिर्नसकि रहेको छैन । साथै यता सेयर किन्दा डुबेको बारे थाहा पाएपछि आफन्तहरुले पनि ऋण दिदैँनन् । अहिलेको पालि सेयरमा लगानी गर्ने मानिसहरुको दशैँ दशामा परिणत हुदैँछ । कति मानिसहरु सेयरले डुबायो मलाई भन्दै बाटामा बौलाएर हिडिसकेका छन् । अहिले सेयरमा लगानी गर्ने व्यक्ति त डुबि नै हाल्यो तर त्यहीँ सेयर धितो राखेर कर्जा दिएका बैंक, फाइन्स तथा सहकारीहरु पनि डुब्दैँ छन् ।

सेयरको कारण अहिले धेरै जनताको घरघरमा रुवाबासी सुरु भइसकेको छ । सेयरको मूल्य एकदिन बढ्छ ,अर्को दिन घट्छ । पछिल्लो समय बजारमा सेयरप्रति लगानी गर्नेहरु शून्य नै भइसकेका छन् । मानिसले बुझदै नबुझी दलालीहरुको कुरामा लागेर सेयरमा लगानी गरे र आज त्यो लगानी डुबेपछि उनीहरु नेपाल नै छोडेर भाग्नुपर्ने दिन आएको छ ।

सेयरमा काम गर्ने दलालीहरुले सिधासाधी जनताहरुलाई यस्तो नराम्रोसँग फसाए र जनता डुबाए । अहिले दलालीहरु आफू धनी बनेर नेपाल छोडेर भागे र जनतालाई कंगाल बनाए । यसरी सेयरले यत्रो जनताहरुलाई डुबायो र उनीहरुको सडकको बास बनाइदियो । आफ्नो घरजग्गा बेचेर, ऋण लिएर वा आफूले जीवनभर कमाएरको पैसा बुझदै नबुझी दलालीहरुको कुरामा लागेर सेयरमा लगानी गर्दा आज ती जनताहरु सुकुम्बासी हुन पुगेका छन् ।

पछिल्लो समय सेयरमा गरेको लगानी डुबेपछि घरघरमा लोग्ने स्वानीबिच दिनहुँ झैँझागडा हुने गर्दा कतिको छोडपत्र समेत भइसकेको छ । बुढोपाकाहरुले एउटा उखान भन्ने गर्थे चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरि । अहिले सेयरमा लगानी गर्नेहरुको पनि त्यहीँ हालत भएको छ । उनीहरु नाफा कमाउन गाएका थिए अहिले आएर साँवा नै डुब्यो ।

एकवर्ष अगाडि एक दिनमा २२ अरब सेयरको किनबेच हुने गथ्यो तर अहिले दिनमा १ अरबको पनि सेयर किनबेच हुदैँन । यस तथ्थाङ्कबाट सेयरमा लगानी गर्ने पुराना लगानीकर्ताहरु डुबेको र नयाँ मानिसहरु सेयरलगानी गर्नबाट पछि हटेको भन्ने बुझिन्छ । अब झनै केही दिनपछि सेयरको दिनहुँ कारोबार २० करोड समेत हुने गर्दैन । अब सेयर बजार छिटो नै घट्ने छ ।

अहिले बैंक, फाइन्स तथा सहकारीहरुसँग पैसा छैन । 

उनीहरुसँग डिपोजिट रकम समेत फिर्ता गर्न पैसा छैन । अब यिनीहरुले सेयर धितो राखेर कर्जा प्रवाह पनि गर्न सक्दैनन् र यता रकम हालेर कुनै पनि जनताहरुले सेयर किन्न पनि सक्दैनन् । पछिल्लो समय जति पनि बैंक, फाइन्स तथा सहकारीहरुले सेयर धितो राखेर कर्जा प्रवाह गरेको छ, अहिले यिनै संस्थाहरु नै डुबिसकेका छन् । अहिलेपनि सेयरमा लगानी गर्नेहरुको घरखेतहरु सबै डुब्दा पनि सरकारलाई कुनै चासो रहेको छैन ।

साथै यता बैंक, फाइन्स तथा सहकारीहरु घाटामा गएकाले अहिले उनीहरुसँग सेयर लगानीकर्तालाई दिनुपर्ने बोनस समेत रहेको छैन । अहिले सेयरमा लगानी गर्ने मानिसहरु मलाई सेयरले डुबायो भनेर पिरले दिउँसो नै होटेलमा मदिरा पिएर बसिरहेका हुन्छन् । हिजो नाफा हुन्छ भनेर घरजग्गा, गाडि सबै बेचर सेयरमा लगानी गरे तर आज सेयरको मूल्य घटेर बजारमा मन्दी आइपछि उनीहरु सडकछाप भएका छन् ।

एकवर्ष अगाडि मेरो सेयर बेच्दा २० लाख आउँछ भन्ने मानिसहरु अहिले त्यहीँ सेयर बेच्दा ३ लाख पनि आउँदैन भन्छन् । मानिसहरु त चुलुम्म नै डुबे नि त । यसरी सेयरमा लगानी गरेर डुब्नुमा जनताहरुको पनि दोष छ । उनीहरुले बुझदैँ नबुझी दलालीहरुको कुरामा लागेर छिटो नै धनी बन्ने आशाले सेयरमा लगानी गर्दा आज जनताहरु डुबेका हुन् भनेर अर्थविद्हरु बताउँछन् ।

राष्ट्रिय बैंकका गर्भनर महाप्रसाद अधिकारीले पहिला नै सेयर, घरजग्गा र गाडीहरुलाई कर्जा नदिनु भनेको भए आज जनता र यी संस्थाहरु डुब्ने थिएनन् । पछिल्लो समय घरजग्गामा पनि त्यहीँ हालत छ । घरजग्गामा पनि मन्दी आएर यिनीहरुको खरिदबिक्री हुने काम रोकी रहेको पाइन्छ । एकवर्षअघि आनाको ५० लाखमा किनेको घडेरी अहिले २० लाखमा बिक्री गर्छु भन्दा पनि बिक्री हुदैँन ।

यता गाडीको त कुरै छोड्देऊ । २ रुपैँयामा ब्रिकी नहुने फलाम भारतले गाडी बनाएर लाखौँ रुपैँयामा नेपाललाई बिक्री गरिरहेको छ । ६ महिनाअघि १० लाखमा खरिद गरेको सवारीसाधन २ लाखमा बिक्री गर्छु भन्दा पनि बिक्दैँन । वित्तिय संस्थाहरुले ९० प्रतिशत कर्जा यहीँ सेयर, घरजग्गा र गाडीमा पोखेको छ । तर पछिल्लो समय ती वस्तुहरुको मूल्य घटेर मन्दी आइपछि ऋणी पनि डुबेका छन् भने यी संस्थाहरु पनि धरायसी अवस्थामा पुगेका छन् ।

अहिले कति वित्तिय संस्थाहरु डुबे भनेर आफैँ हात उठाइरहेका छन् भने कतिले सञ्चारकर्मीहरुले बाहिर समाचार ल्याउँछ भनेर डुबेर पनि नडुबेको नाटक गरिरहेका छन् । घरजग्गा, सेयर र गाडीको मूल्य बढाउने दलालीहरु वित्तिय संस्था वा व्यक्तिको ऋण तिर्न नसकेर भागिसकेका छन् । पछिल्लो समय मालपोतमा १/२ ओटा घरजग्गा नामसरी हुन गाह्रो छ भने यातायात कार्यालयमा पनि १/२ सवारीसाधनहरु नामसरी हुन धौ–धौ परिरहेको छ ।

वित्तिय संस्थाहरुमा पछिल्लो समय जनताले डिपोजिट गर्न छोडिसकेका छन् । यी संस्थाहरुमा भएको पैसा पनि जनताहरु निकाल्न लाइन लागेर बसिरहेका छन् । वित्तिय संस्थाहरुमा अहिले डिपोजिट गर्ने कोही छैन भने निकाल्नेको लाइन हेरेर साध्य छैन । अब पनि सेयर, घरजग्गा र गाडीको मूल्य बढ्छ भनेर कसले विश्वास गर्छ , वित्तिय संस्थाहरु नै टाप पल्टि सकेपछि पनि अब यी वस्तुहरुको मूल्य बढ्ला त ।

पछिल्लो २० वर्षसम्म पनि घरजग्गा गाडी र सेयरको मूल्य बढ्दैँन र अहिले रहेको मूल्य पनि घट्छ भनेर यस क्षेत्रका अनुभवीहरु बताउँछन् । सरकारले अहिलेपनि सेयर किनबेचमा प्रतिबन्ध लगाएको छैन र अहिलेपनि दलालीहरुले सिधासाधी जनताहरुलाई सेयरमा लगानी गर्न लगाएर फसाइरहेका छन् । विभिन्न कम्पनी तथा वित्तिय संस्थाहरुले सय रुपैँया कित्तामा निष्कासन गरेको सेयर दलालीहरुले जनतालाई ४ सयदेखि ४ हजारसम्ममा बेचे । अहिले त्यति धेरै पैसा हालेर सेयर किन्ने मानिसहरु डुबिसकेका छन् ।

वित्तिय संस्थाहरुले पनि नाफा देखाएर वा सेयर लगानीकर्तालाई बोनस पाइने प्रलोभन देखाउँदा आज ती  वित्तिय संस्थाहरु त डुबे नै तर अरु जनताहरु पनि उनीहरुसँगै डुब्ने अवस्थामा पुगे । अहिले पनि वित्तिय संस्थाहरुले सेयरको मूल्य बढाउन झुठो विवरण तयार पारेर जनतालाई फसाइरहेका छन् । अहिले जनता यस्तो नराम्रोसँग फस्नुमा वित्तिय संस्था तथा विभिन्न कम्पनीहरुको पनि हात रहेको छ ।

४२ लाख सेयर लगानीकर्ताहरुको आज सडकमा बास भएको छ । उनीहरु अहिले मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । अब सरकारले सर्वसाधारणलाई सेयरमा लगानी नगरौँ भनेर सूचना जारी गर्नुपर्छ । यसले गर्दा नयँाँ लगानीकर्ताहरु फस्ने छैनन् । सेयर जति कारोबार हुने गर्छ त्यति नै सरकारलाई पनि राजस्व आउने भएकाले सरकारले जनता फसाइरहेको छ । के सरकारले कर लिनका लागि जनता डुबाउन पाइन्छ ।  

अब जनताहरुले नाफाको प्रलोभनमा सेयरमा लगानी गर्नुहुदैँन । केही महिनाअघि पुष्पकमल दाहालले एउटा कार्यक्रममा सेयरमा लगानी गर्नु भनेको जुँवा खेल्नु हो भनेर बोल्दा सेयरको मूल्य घट्यो । साथै यता एमालेका अध्यक्ष केपी ओलीले पनि सेयरमा लगानी नगर्नुस् र सतर्क रहनुस् भनेर भनेका थिए । साथै उनले यो असारे भल हो भनेर पनि भनेका थिए । उनले अहिले सेयरको मूल्य बढेपनि पछि यसको मूल्य घटेर सबै डुब्छ भनेर बताएका थिए । तर अहिले आएर त्यो कुरा साँचो भएको छ ।

पहिला सेयरको मूल्य बढ्दा सेयर लगानीकर्ताहरुको भुँइमा खुट्टा थिएन तर अहिले मूल्य घट्दा उनीहरु लुकीलुकी हिडिरहेका छन् । भुपु अर्थमन्त्री युवराज खतिवडाले सेयरमा लगानी गर्ने मानिसहरु जुनसुकै समयमा डुब्न सक्छ र यसले सम्पुर्ण सम्पत्ति नै सिदाउँछ भनेर बताएका थिए । अब सेयर दलालीहरुको कुरामा लागेर जनताले सेयरमा लगानी गर्नुहुदैँन । हिजो ५ हजारमा किनेको सेयर अहिले सय रुपैँया बिक्री हुदैँन भनी केही वर्षपछि २० रुपैँयामा समेत बिक्री हुदैँन भनेर जनता नै बताउँछन् ।

दुःख गर्न नपर्ने र बसीबसी नाफा कमाउने भनेर लोभ र शोखमा फस्दा आज उनीहरुको भएको सम्पत्ति पनि सबै डुबिसकेको छ । अब वित्तिय संस्थाहरुले नाफा कमाउन सक्दैँनन् र यीनीहरुले बोनस पनि दिन सक्दैँनन् । पछिल्लो समय सेयर लगानीकर्ताहरु सेयरको मूल्य बढाउने आशाले राजनितिक पार्टीको झोला बोकेर हिडिरहेका छन् । सेयर लगानीकर्ताहरुले सेयरको मूल्य घट्यो भनेर आन्दोलन गरे, अनसन बसे ,राजनितिक दलको ढोकाढोकामा पुगे तर सेयरको मूल्य बढेन ।

अहिले जनताहरु सेयरमा लगानी गर्नुहुदैँन र यसले भएको पनि सम्पत्ति सिदाउँछ भनेर सतर्क भइसकेका छन् । हिजो जनतालाई सञ्चारमाध्यम तथा सरकारले पनि सेयरमा लगानी नगरौँ भनेर सचेतना दिएको थिएन । त्यसकै फाइदा उठाएर सेयर दलालीहरुले सेयरमा लगानी गर्दा रातमा दुई गुना र दिनमा चार गुना नाफा हुने भनेर जनतालाई देखाइपछि अहिले जनताको त्यहीँ सेयरका कारण घरबास पनि सकियो र उठीबास हुन पुग्यो । एकतिर सेयर लगानीकर्ता त डुबे तर वित्तिय संस्थाहरुमा डिपोजिट राख्ने सिधासाधी जनताहरुको रकम पनि डुब्ने अवस्थामा पुगेको छ । अब देशमा ठुलो आर्थिक तरलता आउने छ । अहिले जनताहरुले वित्तिय संस्थामा राखेको आफ्नो रकम सुरक्षित छैन यो सबै रकम केही त डुबिसकेका छ भने केही डुब्ने अवस्थामा छ ।

वित्तिय संस्थाका चेयरम्यान, सञ्चालक तथा अध्यक्षहरुले घुस खाएर सेयर, घरजग्गा र गाडीमा कर्जा प्रवाह गर्दा वा लगानी गर्दा आज वित्तिय संस्थाका साथसाथै सिधासाधी जनता पनि डुब्ने अवस्थामा पुगेका छन् । सरकारले हिजो वित्तिय संस्थाहरुलाई च्याउ उम्रिएको जसरी दर्ता गर्न दियो , अहिले एउटै घरमा सहकारी, बैंकहरुको सातओटा समेत र्बोड देखिन्छ । छिटो नाफा कमाउनका लागि वित्तिय संस्थाहरुले अन्धाधुन्ध रुपमा लगानी गर्दा आज जनताको रकम वालुवामा पानी भएको छ ।

 

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …