तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानाडा । गैरआवासीय नेपाली संघ क्यानडाको १५ औ साधरणसभा अगष्ट २७ र २८ गते म्यानिटोवाको विनिवेगमा सम्पन्न भएको छ ।

साधरणसभाले निर्वाचनको म्यान्डेड अनुरुप २०२१ – २०२३ को कार्यसमितिको पहिलो बैठकले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने गरि विधान निर्माण गरि बार्षिक साधारण सभामा प्रस्तुत गरेको थियो । 

विधानमाथी छलफल गरि केहि परिमार्जन सहित १५ औं साधारण सभामा प्रस्तुत गरिएको प्रस्तावित विधान सर्बसम्मतले पारित भएको संघका सभापति सम्राट थापाले जानकारी दिए ।

संघले गत सेप्टेम्वरमै पुर्व निर्वाचन आयुक्त ज्योति बैद्यको संयोजकत्वमा विधान निर्माण समिति गठन गरि समितिले विभिन्न पक्ष, बर्ग र सदस्यहरुसंगको अन्तरक्रिया एवं कर्पोरेट क्यानडा, गैरआवासीय नेपाली संघ र स्थापित मान्यताका आधारमा विधान निर्माण गरि गैरआवासीय नेपाली संघ क्यानडालाई हस्तान्तरण गरेको थियो । 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …