तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले विश्व आदिवासी जनजाति महासंघको २८ औं दिवसको अवसर पारि मलेसियाको क्वालालम्पुर केएल स्थित फाईभ ईलिमेन्ट होटल ५ ओैं महाधिवेशन सम्पन्न गरेको छ ।

आइतबार नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विपिन राईको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले राईको नेतृत्वमा सल्लाहकार सहित १९ जनाको नयाँ कार्यसमिति सदस्य मनोनीत गरेको छ । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा विपिन राई सर्वसम्मत निर्वाचित हुनुभएको छ। उपाध्यक्ष पदम राज लिम्बू, जगद दोङ्ग तामाङ, राधा मगर थारु, त्यसैगरी महासचिवमा बिक्रम तामाङ, र सचिवमा ईश्वर राई, अर्पण मगर निर्वाचित हुनुभएको छ । भने कोषाध्यक्षमा वीर बहादुर सारु मगर, र सह-कोषाध्यक्षमा सम्झना तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

त्यसैगरी सदस्यहरुमा क्रमश योग लुङ्गेली मगर, यज्ञ कुमार राई, राम कुमार चाम्लिङ राई, तेज कुमार लिम्बू, महासंघको सदस्यमा मनोनीत हुनुभएको हो। यस्तै सल्लाहकारमा सुन्दर आले, दिलकुमा लिम्बू, दिपक तामाङ, जीवन देवन गाउँले, ईन्द्र नारायण लिम्बू र घनस्याम चौधरी (आरएन थारु) लाई मनोनीत गरेको छ ।

संघका अध्यक्ष विपन्न राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका कार्यबाहक राजदूत मोती बहादुर श्रीस, विशेष अतिथि गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष विनोद थापा, त्यसैगरी अतिथिहरुमा नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनी, किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ लिम्बू, नेपाल तामाङ, घेदुङ मलेसियाका अध्यक्ष जनक दोङ्ग तामाङ, लगायत विभिन्न्न संघसस्थामा आबद्ध प्रतिनिधिहरु साथै मलेसियामा रहनुहुने नेपाली श्रमिक, व्यावसायिक हरुको बाक्लो उपस्थिति रहेको थियो ।प्रमुख अतिथि मोती बहादुर श्रीसले कार्यक्रममा सम्बोधन गर्ने क्रममा नेपाल आदिवासी जनजाति महासंघ भनेको विभिन्न जातजातिको एउटा संगठन हो यस् महासंघमा तामाङ, गुरुङ, मगर, थारु सामुदाय किरात राई यायोक्खा लगायत विभिन्न जातिलाई आउनको लागि आग्र गर्दै यो महासंघले विगत देखिनै राजदुतावास संग सहकार्य गरेर काम गरिको बताउनु भयो।

उनले भने दूतावासमा हाम्रो जनशक्ति स्रोत साधनको अभावले सेवाग्राहीलाई लाई सेवा दिन समस्या परेको छ। हामीले विस्तारै त्यस् लाई प्रभावकारी बनाउदैछौं जस्तै पासपोर्ट नवीकरणको लागि धेरै समस्याथियो त्यो तपाईं हरुलाई अवगतनै छ। हामीले ई-पासपोर्ट लन्च गर्दा हामीले एकदिनमा प्रशिक्षण गरी ३७ वटा इ-पासपोर्ट नवीकरण गरेको थियौं। भने यस् लाई हामी अझै सशक्त जनशक्ति लाएर हामी सेवाग्राहीलाई सेवा देने छौँ। तपाईं हरु पासपोर्ट नवीकरण गर्न आउदा अनलाईन फारम भरेर आईदिनु भए सहज हुने भर्सक तपाईं हरु पासपोर्ट नवीकरण गर्न आउदा अनलाईन फारम पहिला भरेर आईदिनु होला भने।

जुन हामीले काम गर्न नसकेको काम हरु गैर आवासीय नेपाली संघ मलेसिया र यस् महासंघ लगायत विभिन्न संघ संस्थाले आफ्नो आफ्नो ठाउबाट काम गरिहनु भएकोछ। जस्तै कोरोना भाईरस संक्रमणको बेला होस् पासपोर्ट नवीकरण गर्दा होस् यो एकदमै सराहनीय काम गर्नुभएको छ। भन्दै आब बन्ने महासंघका नयाँ कार्यसमितिले अझ यो भन्दा पनि प्रभावकारी ढंगले काम गर्नुहुनेछ भन्दै बधाई तथा शुभकामना मन्तव्य दिनुभयो । त्यसैगरी बिशेष अतिथि गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले नेपाल आदिवासी जनजाती महासंघ संग नोङ्ग र मासुको नाता रहेको र विगत लामो समय देखि महासंघ र एनआरएनएको सहकार्यमा विभिन्न काम गरेको भन्दै। अब एनआरएनए ले मलेसियामा रहेको श्रमिकहरुको श्रम स्वीकृतिको समस्या धेरैमा रहेको श्रम स्वीकृति लिन अनलाई मार्फत लिन सकिने भए पनि प्राय सबैलाई थाहा नभएकोले श्रम स्वीकृति नवीकरणको लागि यहीँ एउटा अफीस खोलेर श्रमीक हरुको श्रम स्वीकृति यहीँ बाट गर्ने र यस्लाई प्रभावकारी बनाउन अब नयाँ आउनुहुने महासंघको कार्यसमिति लाई र विभिन्न संघ संस्थालाई यश कार्यमा सहकार्य गर्न आग्रह गर्नुभयो ।  त्यस्तै कार्यक्रममा नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनी, महासंघका पुर्व अध्यक्ष दिपक तामाङ, सुन्दर आले, किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ लिम्बू, नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष जनक दोङ तामाङ लगायतले यस् नेपाल आदिवासी आदिवासी जनजाति महासंघ मलेसियाको ५ औं महाधिवेशनबाट आउनुहुने नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । भने कार्यक्रममा स्वागत मन्तव्य समाजसेवी , पत्रकार युवा आरएन चौधरी थारुले राख्नुभएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …