तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाल आदिवासीजनजाति महासंघ मलेसियाको ५ ओैं महाधिवेशन आउदो अगस्ट २१ आईतवार हुने भएको छ । महासंघले यसअघि परेको २८ ओैं विश्व आदिवासी दिवस समय अभावले मनाउन नपाएको भन्दै सो अवसरमा उक्त दिवससमेत मनाउने लागेको हो ।

अगस्ट २१ मा फाईभ एलिमेन्ट होटल क्वालालम्पुरमा बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा विभिन्न जातिय झाँकी संगै जातिय मौलिक परिकार समेत रहने कार्यक्रम आयोजक समितिले जनाएको छ । महाधिवेशनबाट नयाँ कार्यसमितिसमेत चयन गरिने बताएको छ ।

त्यस्तै, महासंघले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरु, कलाकार, पत्रकार, खेलाडी साथै समाजसेवीहरुलाई सम्मान गर्ने भएको छ । जातिय संस्थाहरुको छाता संगठन महासंघले मलेसियामा रहेर श्रम गरिरहेका पिडित श्रमिकको उद्वार तथा सचेतता मूलक कार्यक्रमहरु गर्दै आएको छ ।

कार्यक्रमका मूख्य प्रायोजकमा एभरेष्ट कीचन रेष्टुरेन्ट र काठमान्डौ रेष्टुरेन्ट रहेका छन् । सह प्रायोजकमा चितवन ट्रेडिङ, मितेरि रेष्टुरेन्ट, मण्डला रेष्टुरेन्ट, लाङघालि, चुल्हो, द गोर्खाज रेष्टुरेन्ट, लालि गुराँस रेष्टुरेन्ट र सेवारो फेसन लगायत रहेका छन् । कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्थाबाट सहयोग भईरहेको समितिले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …