तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए मलेसियाले हिन्दु महिला दिदी बैनी हरुको महान पर्व हरितालिका तिजको अवसरमा यहीँ अगस्ट २० तारिख शनिबारको दिन सदाको बर्ष जस्तै यो बर्ष पनि दरखाने कार्यक्रमको आयोजना गरेको छ ।

गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाले संस्था स्थापनाकालदेखि नै यस् महान पर्व हरितालिका तिज कार्यक्रम गर्दै आएको भएपनि बिचमा (Covid-19) को कारण मनाउन सकिएको थिएन सोही कार्यक्रम यस् बर्ष भने मलेसिया रहनु भएको नेपाली दिदी बहिनी चेलीबेटीहरु माझ बसेर दर खाएर तिज मनाउने संघका अध्यक्ष विनोद थापाले बताउनुभयो ।

एनआरएनए मलेसियाको आफ्नै सभाहलमा आयोजना हुने सो कार्यक्रममा नेपाली तिजपर्व विशेष कल्चरल नृत्य नाचगानको साथै अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुने संघका महासचिव रन्जीत क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा मलेसियामा रहनु भएका सम्पूर्ण दिदी, बहिनी, दाजु, भाई, आमा बुवा समाजसेवी, बुद्धिजीवी, र ब्यावसाहिक लगायत सम्पुर्णमा उपस्थितको लागि गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाले निमन्त्रणा गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …