तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अनुसा थापा

काठमाडौं । राजधानीको फोहोर व्यवस्थापन अहिलेको जटिल समस्या हो । फोहोर उठ्न नसकेको महिनौं बितिसकेको छ । काठ्माडौं महानगरपालिकाको फोहोर नउठ्नु मेयर बालेन्द्र साहको मात्र कमजोरी हो ? फोहोर उठाउने जिम्मेवारी उनकै मात्र हो ? कि त प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र शहरी विकासमन्त्री मेटमणि चौधरीको पनि हो ?

आफू केही नगर्ने अनि फोहोरमा पनि राजनीति गर्न खोज्ने ? नियतले पनि यस्तो गर्न दिन्छ ? उपमेयर सुनिता डंगोल एमालेबाट छिन् तर गर्ने केही होइन् । एक्लो भएको मौका छोपेर यिनीहरुले बालेन्द्रलाई शिथिल बनाएका छन् । यता, बालेन्द्रले काम गर्न पनि नदिने अनि दोष मात्र लगाउने । नगरसभाको बैठकमा बालेन्द्रलाई एक्लो पारेर बोल्नसमेत दिदैंनन् । झोले वडाध्यक्षहरुले उनको एउटा कुरा पनि टेर्दैनन् अनि कसरी अघि बढ्ने ?

सुझाव माग्यो भने विवाद गर्न खोज्ने पार्टीगत वडाध्यक्षहरुकै कारण पनि फोहोर उठाउन सकस परेको हो । यता, नुवाकोटको बञ्चरेडाँडामा आन्दोलन गर्ने र फोहोर लैजान नदिने पनि झोले कार्यकर्ता नै हुन् । बञ्चरेडाँडाको स्थानीय उचाल्नुमा प्रधानमन्त्री देउवा र ओलीको ठूलो हात छ । सहयोग कसैले नगर्ने अनि एक्लै यत्रो महानगरको फोहोर उठ्छ ? बालेन्द्रलाई सिद्धयाउनका लागि पूरै गिरोह नै मिलेका छन् ।

यहाँ त काठमाडौंको फोहोर उठाउने जिम्मा बालेन्द्रको जस्तो मात्र देखिन्छ । आफ्नो वडाको फोहोर व्यवस्थापन गर्ने दायित्व वडाध्यक्षकै हो । वडाको सरसफाइ पनि वडाध्यक्षकै जिम्मेवारी हो । वडाध्यक्षहरु हात बाँधेर बस्ने अनि मेयरको खुट्टा तानेको तान्यै गर्ने । यदि हरेक वडा चहारेर मेयरले काम गर्ने हो भने वडाध्यक्ष किन चाहियो ? बेकारमा राज्यको सम्पत्ति किन दोहन गर्ने ?

पार्टीबाट आएका सबै वडाध्यक्षले सामुहिक राजीनामा दिनुपर्यो, जे जे काम छ सबै मेयरले नै गर्छन् । समन्वय गरेर काठमाडौंवासीलाई सहजता बनाइदिनुको साटो कसरी निचा देखाउने भन्ने मात्र छ । यता, उपमेयर डंगोलको कसैले नाम पनि लिएको सुनिदैन् । जतिबेला पनि त्यही बालेन्द्रले केही काम गरेन भन्यो अरुको टाउको दोष थुपार्यो । मेयर मात्र होइन्, उपमेयर र वडाध्यक्ष पनि काम गर्न असफल भएका छन् ।

अरुमाथि जुठो छर्केर आफू चोखो बन्ने काम काठमाडौंका वडाध्यक्ष र उपमेयरले नगरे नै बेस होला । स्वतन्त्रले जितेको प्रतिशोध साँधेर एउटा व्यक्तिलाई कतिसम्म नङ्गाउने खोज्ने ? अर्को चोटिबाट जनताले स्वतन्त्रको नाम लिइयोस् भनेर यस्तो रणनीति बनाएको स्पष्ट बुझिन्छ । तर, आफ्नो कारणले सर्वसाधारणले कति दुःख पाएका छन्, झोले उपमेयर र वडाध्यक्षले बुझेनन् ।

हिजो ठूलो कुरा त उपमेयर र वडाध्यक्षले पनि गरेका थिए । खोइ त नतिजा ? एक प्रतिशत पनि केही विकास भएको छैन् भने यिनीहरुकै कारणले फोहोर पनि उठ्न सकेन् । काम गर्छु भनेर पाइला अघि सारेका व्यक्तिलाई झोले कार्यकर्ताहरुले रोक लगाएका छन् । मेयरमा पछारिएका एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहको बालेन्द्रलाई असफल पार्न ठूलो हात छ ।

अर्कोचोटि आफ्नो पार्टी आओस् भन्ने स्वतन्त्रलाई थिचोमिचो गर्ने काम भइरहेको छ । जनता सडकमा ल्याएर त्यत्रो आन्दोलन गर्न लगाउने पनि चुनाव हारेका व्यक्तिहरु नै हुन् । पदका लोभीहरुले मुलुक सखाप पार्ने निश्चित छ । यता, निवर्तमान उपमेयर हरिप्रभा खड्गीले एउटा कार्यक्रममा आफूहरुको सल्लाहबिना मेयरलाई हल्लिन पनि नदिन बताएकी थिइन् ।

उनी को हुन् ? यसअघिको असफल र नालायक उपमेयर । आफू पदमा बसुञ्जेल एउटा सिन्को भाँच्ने काम पनि गरेनन् । यिनीहरुको पालामा पनि सडकको फोहोर यस्तै थियो । बालेन्द्रले पटकपटक बैठक बोलाएर फोहोर कसरी व्यवस्थापन गर्ने भनेर सुझाव मागिरहेका छन् । तर, सुझाव दिन पनि र्याल काढ्कोे देखिन्छ । तत्कालिन मेयर विद्यासुन्दर शाक्य र हरिप्रभा खड्कीले त्यति पनि गरेनन् ।

फोहोरकै कारणले महामारी फैलिने अवस्था सिर्जना भएको छ । जनतालाई बाटो हिड्न पनि धौधौ परेको छ । यस्तोमा पनि पार्टीकै बारेमा सोच्नु, उसकै निर्देशनको आधारमा चल्नु कतिसम्म लज्जास्पद विषय हो । काठमाडौंवासीले पनि फोहोर उठाउन पहल गर्नुपर्ने भएको छ । आफ्नो शहर सुन्दर चाहिएको छ भने जनताले पनि आवाज उठाउनुपर्छ । होइन् भने केह िदिनपछि घरबाट बाहिर ननिस्किए पनि हुन्छ ।

यता, पार्टीको पछि लागेर आरोप प्रत्यारोप गर्ने वडाध्यक्षहरुलाई राम्रो सबक सिकाउनुपर्छ । अबको चुनावमा कांग्रेस र एमालेलाई कसैले पनि भोट दिनुहुदैंन । यिनीहरुकै कारण काठमाडौं ध्वस्त भयो । बालेन्द्रको पार्टी भनेकै जनता हो । जनताले नै उसलाई साथ दिएन् भने कसरी शहर सफा र सुन्दर हुन्छ ? अझैपनि पार्टीकै कार्यकर्ता बनेर सोच्ने हो भने रााजधानीको हाल बेहाल हुन्छ ।

अस्तिकै नगरसभाको बैठकमा बालेन्द्रलाई बोल्न पनि दिइएन् । उनलाई वडाध्यक्षहरुले प्याकप्याकी बनाए । सबै आरोप उनीमाथि पनि खन्याएर अरु सबै पन्छिए । यिनीहरुको योजना बालेन्द्रलाई भित्तामा पुर्याएर छाड्ने थियो जसमा उनीहरु सफल हुदैं गएका छन् । तर, काठमाडौंको हाल के हुन्छ ? यो यिनीहरुले देखेका छैनन् । तत्कालिन मेयर र उपमेयरले महिनौ दिनदेखिको फोहोर बालेन्द्रलाई सुम्पिएर गएका थिए ।

अरुको पालाको फोहोर उठाउने ठेक्का पनि उसकै हो ? काठमाडौंका जनताले समेत यतिखेर बालेन्द्रलाई साथ दिएको देखिदैंन् । उसले पटकपटक फोहोर वर्गीकरण गर, फोहोर व्यवस्थापन गर्न ठाँउको खोजी नभएसम्म घरमा राख भनेर आग्रह गर्दा पनि कोही सुन्न चाहदैनन् । आफ्नो घर सफा चाहिनेलाई सडकचाहि किन नचाहिएको होला ? जनता आफै पनि अलिकति जिम्मेवार भइदिए पनि राजधानीको फोहोर उठाउन त्यति अप्ठ्यारो पर्दैन् ।

अब बालेन्द्रले फोहोरको जिम्मेवारी छोडिएदिए पनि हुन्छ । वडाध्यक्षले नै फोहोर व्यवस्थापन गर्नुपर्ने निर्णय उनले गर्नुपर्छ । राजधानी सुधार्नु मेयरको मात्र जिम्मेवारी होइन् । वडाभित्रको समस्या समाधान गर्नु वडाध्यक्षको कर्तव्य हो । त्यसैले मेयर अब आफैं सतर्क हुनुपर्यो । किन कि वडाध्यक्षले जानाजान विवादमा ल्याउन खोजेका छन् । यता, बञ्चरेडाँडाका स्थानीयहरु दहीचिउरे भए ।

कि त फोहोर नै फाल्न नदिने भनेर अडान लिनुपर्यो । होइन् भने कहिले फाल्न दिने भन्ने कहिले सडकमा उत्रिने । विभिन्न माग राख्ने अनि आएको पैसा ल्यामल्युम पार्ने । त्यसपछि फेरि आन्दोलन गर्ने । अडानमा टेकेपछि सरकारले पनि केही गर्न सक्दैन् । जनता मारेर फोहोर फाल्ने कुरा त आउदैन् । बञ्चरेडाँडाका स्थानीयहरु प्नि पैसामा बिके । फोहोरका कारणले उनीहरुलाई समस्या परेको सबैले बुझेका छन् तर छिनमै कुरा फेर्नु त भएन ।

अब फोहोर व्यवस्थापन अझै जटिल हुन्छ । आफ्नो घरबाट निस्केको फोहोर आफैले जिम्मा लिने भनेर सरकारले नीति ल्याउनुपर्यो । उत्पादनकर्ताले नै फोहोर व्यवस्थापन गर्नु परेपछि त सबैको चेत खुल्ला । सरकारले फोहोरको जिम्मा लिनु नै घाँडो बनेको छ । काठमाडौंका बासिन्दा आफू घर बनाउने, भाडामा लगाउने अनि बञ्चरेडाँडाका जनतालाई दुःख दिने । मोज आफूहरु गर्ने अनि सास्ती अरुलाई दिने ।

काठमाडौंका बासिन्दा सामन्ती सोचाइका छन् । आफ्नो काम भए अरुको के मतलब भन्ने खालका मानिसहरु बस्ने ठाँउ हो यो । बञ्चरेडाँडाको जस्तो समस्या आफूलाई परेको भए पो थाहा हुन्थ्यो । आफू मन्त्री पदबाट हटेको आवेगमा आएर रामकुमारी झाँक्रीले पर्दाभित्र बसेर बञ्चरेडाँडाका जनता उचालेको कुरा सुन्नमा आइरहेको छ । मन्ञी पदको मोह झाँक्रीमा कति छ ? अहिले पनि स्पष्ट देखिन्छ ।

२०७९ जेठ २७ गते झाँक्रीले अब काठमाडौंको फोहोर उठ्छ । उनीहरुको माग पूरा गरेको र फोहोर उठाउनमा कुनै अवरोध नहुने भनेर उनले दाबी गरेकी थिइन् । तर, खोइ त ? अहिले पनि काठमाडौंको फोहोर जस्ताको त्यस्तै छ । अहिलेको शहरी विकासमन्त्री चौधरीले केही काम गर्न नसक्ने हो भने उनले पनि राजीनामा दिए हुन्छ । महानगरभन्दा ठूलो जिम्मा शहरी विकास मन्त्रालयको हो ।

शहर व्यवस्थित बनाउने, फोहोर उठाउने र सफासुन्दर बनाउने पनि मन्त्रालयकै मातहतमा पर्दछ । न घर बनाउन नयाँ मापदण्ड नै ल्याउन सके । आफू आएको एक सय दिनको उपलक्ष्यमा पत्रकार सम्मेलन गरेर फाइफुर्ति लगाउने काम भयो । प्रश्न उठेको छ, आखिर उनले गरेचाहि के ? फोहोर ज्युको त्यु छ । शहर हेर्दै घिनलाग्दो देखिन्छ । नेकपा एकीकृत समाजवादीबाट आएका मन्त्रीहरु सबै उस्तै रहेछन् ।

केही काम नगर्ने, तलबभत्ता खाने र सरकारी गाडी चढ्ने । एउटा सिन्को पनि नभाँच्ने मन्त्री जति सबै समाजवादीकै छन् । यिनीहरुलाई पार्टीले तत्कालै फिर्ता बोलाउनुपर्छ । यिनकै कारणले समाजवादी तहसनहस हुने निश्चित छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …